Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारी कर्मचारीका लागि अब जिल्लाबाटै 'ई-पेन्सन' सेवा
सरकारी कर्मचारीका लागि अब जिल्लाबाटै 'ई-पेन्सन' सेवा
सियाराम चाैधरी
सियाराम चाैधरी आइतबार, चैत ८, २०८२

काठमाडौँ - सरकारी कर्मचारीका लागि 'ई-पेन्सन' सेवा अब जिल्लाबाटै पेन्सन पट्टा बनाउन मिल्ने भएकाे छ । निजामती सेवाबाट निवृत्त हुने कर्मचारीहरूका लागि पेन्सन पट्टा बनाउन र अन्य सुविधा लिन काठमाडौँस्थित निजामती किताबखाना धाउनुपर्ने झन्झटिलो परम्परागत व्यवस्थाको अन्त्य भएको हाे। 

राष्ट्रिय कर्मचारी कितावखाना ,निजामती किताबखानाले 'ई-पेन्सन' (E-Pension) प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै सेवालाई विकेन्द्रित गरेपछि अब कर्मचारीहरूले आफ्नै जिल्लाबाट सबै प्रक्रिया पूरा गर्न सक्ने भएका हुन्। विभागका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार राजीनामा दिएका वा अनिवार्य अवकाश प्राप्त गरेका कर्मचारीहरूले अब काठमाडौँ आउनुको सट्टा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत नै आफ्नो सेवा निवृत्तिका कागजातहरू तयार पार्न सक्ने व्यवस्था मिलाइएको छ। यस किसिमका डिजिटल रूपान्तरणले कर्मचारीहरूको समय र आर्थिक भार कम गर्ने मात्र नभई सरकारी सेवालाई प्रविधिमैत्री र पारदर्शी समेत बनाएको छ।

यस 'ई-पेन्सन' सेवाको प्राविधिक प्रक्रिया अत्यन्तै व्यवस्थित र सुरक्षित बनाइएको छ। प्रक्रियाको सुरुवातमा जिल्लास्थित कोलेनिकालाई विभागको अनलाइन पेन्सन प्रणाली (Online Pension Apply System) मा 'की एक्सेस' (Key Access) अर्थात् विशेष डिजिटल पहुँच प्रदान गरिन्छ। निवृत्त कर्मचारीले आवश्यक कागजातसहित को ले नि कामा सम्पर्क गरेपछि त्यहाँका कर्मचारीले उक्त प्रणालीको आधा भाग प्रयोग गरी कर्मचारीको व्यक्तिगत विवरण अपडेट गरिदिन्छन्। य

Hardik health

स क्रममा कर्मचारीको सेवा अवधि, अवकाशको प्रकृति र अन्य आवश्यक डकुमेन्टहरू स्क्यान गरी प्रणालीमा अपलोड गरिन्छ। यसरी जिल्लाबाट अपलोड गरिएका सम्पूर्ण विवरणहरू तत्काले काठमाडौँस्थित निजामती किताबखानाका कर्मचारीको कम्प्युटर स्क्रिनमा देखिने व्यवस्था मिलाइएको छ। विभागका कर्मचारीले अनलाइनबाटै ती कागजातहरू विभागको आधिकारिक रेकर्डसँग भिडान गरी रुजु गर्दछन्। यदि विवरणमा कुनै त्रुटि देखिएमा तुरुन्तै सम्पर्क गरी सच्याइन्छ भने विवरण मिलेको खण्डमा विभागले डिजिटल सिल (Digital Seal) र डिजिटल हस्ताक्षर (Digital Signature) प्रयोग गरी अनलाइनबाटै स्वीकृत गरिदिन्छ।

विभागबाट डिजिटल रूपमा स्वीकृत भइसकेपछि उक्त फाइल पुनः प्रणालीमार्फत कोलेनिकामा नै फिर्ता पठाइन्छ। कोलेनिकाले उक्त स्वीकृत फाइललाई प्रिन्ट गरेर निवृत्त कर्मचारीको हातमा थमाइदिन्छ, जसका आधारमा कर्मचारीले आफ्नो कार्यालयबाट सञ्चित घर बिदा, बिरामी बिदा र औषधि उपचार बापतको रकम भुक्तानी लिन सक्छन्। यसका साथै, पेन्सन खाता खोल्नका लागि बैंक धाउनुपर्ने र पत्र बोक्नुपर्ने झन्झटलाई समेत डिजिटल प्रणालीले सम्बोधन गरेको छ। पेन्सन कार्यालयले कर्मचारीले रोजेको बैंकमा खाता खोल्नका लागि आवश्यक डिजिटल पत्र प्रणालीबाटै सिधै बैंकको सर्भरमा पठाइदिने व्यवस्था गरेको छ। यसले गर्दा कर्मचारी बैंक पुग्दा उनको विवरण पहिले नै त्यहाँ पुगिसकेको हुन्छ। आगामी दिनमा कर्मचारीको परिचय पत्र समेत 'नागरिक एप' मा नै देखिने गरी प्राविधिक तयारी भइरहेको छ।

यस प्रणालीको अर्को महत्त्वपूर्ण र लचिलो पक्ष भनेको 'अन डिमाण्ड' सेवा हो। यदि कुनै कार्यालयका प्रमुखले आफ्नै कार्यालयबाट निवृत्त हुन लागेका कर्मचारीलाई यो सेवा दिन चाहेमा विभागले विशेष अनुरोधका आधारमा एक पटकका लागि (One-time Access) प्रणालीको पहुँच उपलब्ध गराउँछ। यस्तो अवस्थामा कर्मचारीले कोलेनिका समेत जानु पर्दैन र आफ्नै कार्यस्थलबाटै पेन्सनका सम्पूर्ण प्रक्रियाहरू पूरा गर्न सक्छन्। यसका लागि सम्बन्धित कार्यालय प्रमुखमा सेवामैत्री र प्रविधिमैत्री भावना हुनुपर्ने विभागको भनाइ छ। समग्रमा, ई-पेन्सन प्रणालीले भौतिक उपस्थिति विना नै कागजातको प्रमाणीकरण, डिजिटल हस्ताक्षरको प्रयोग र बैंकिङ समन्वयलाई एउटै प्लेटफर्ममा जोडेर निजामती सेवाको अवकाश प्रक्रियालाई पूर्ण रूपमा डिजिटल युगमा प्रवेश गराएको छ।


प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १५:४८
#ई-पेन्सन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन मंगलबार, जेठ १२, २०८३
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
मध्य काठमाडौँमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने मंगलबार, जेठ १२, २०८३
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का
आर्थिक अनुशासन कायम गराउने मुख्य लक्ष्यमा लेखा समितिले काम गर्छ: सभापति खड्का सोमबार, जेठ ११, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’
‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’ सोमबार, जेठ ११, २०८३
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि
गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP