Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’
केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ६, २०८२

काठमाडौं- सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । 

सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि नयाँबसपार्क बाहिरै पार्किङ बनाएर सञ्चालन हुँदै आएका हुन् । काठमाडौँ महानगरपालिकाले विसं २०८० जेठ १९ गते एक सूचना प्रकाशित गरी काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि सोही वर्षको असार १ गतेदेखि नयाँबसपार्क बाहिरबाट सञ्चालन हुँदै आएका सम्पूर्ण यात्रुवाहक सवारीसाधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै केही सवारीसाधन नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थाले पनि केही सार्वजनिक सवारीसाधन भने हालसम्म पनि नयाँबसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । मधेस-प्रदेश, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, मकवानपुरलगायत स्थानमा सञ्चालन हुने सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुँदैनन् । मधेस प्रदेशका अधिकाशं जिल्लामा जाने सवारीसाधन पशुपति, गौशाला, चावहिल र धोविखोला करिडोरबाट सञ्चालन हुन्छन् । दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप सञ्चालन हुने सवारीसाधन कोटेश्वरमा अस्थायी बसपार्क बनाएर सञ्चालन हुँदै आएको छ । यस्तै, रसुवा, नुवाकोट, धादिङ चल्ने सवारीसाधन माछापोखरी सडक र मकवानपुर चल्ने सवारीसाधन बल्खुबाट सञ्चालन हुँदै आएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम नारायणी पश्चिमका सबै सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन हुँदै आए पनि नारायणी पूर्व र छोटो दूरीका सवारीसाधनले भने निर्णय पालना गर्न नसकेको बताए । “काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख बालेन्द्र शाहसहित यातायात व्यवसायी, ट्राफिक प्रहरी, लोत्से बहुउदेश्यीय प्रालिका प्रतिनिधि बसेर सबै सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय भएको थियो, उक्त निर्णय कार्यान्वयनमा समस्या भएको छ”, उनले भने । 

Hardik health

गौतम यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण निर्णय कार्यान्वयनमा समस्या परेकाले ट्राफिक प्रहरी र महानगरले ट्राफिक व्यवस्थापनका लागि निर्णय कार्यान्वयन गराउनुपर्ने र व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए ।  महासचिव गौतमले भने, “सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरूलाई कुनै समस्या छैन । सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन नहुँदा स्थानीय सवारीसाधनलाई समेत असर परेको छ । यस विषयमा सबै गम्भीर बन्नुपर्छ ।”

ट्राफिक प्रहरीले गत मङ्सिर १८ गते काठमाडौँ उपत्यकामा हुने जाम व्यवस्थापन गर्न लामो दूरीका दिवा तथा रात्रिकालीन सार्वजनिक सवारीसाधनलाई नयाँबसपार्कबाट सञ्चालन गर्ने व्यवस्था लागू गरेको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी नयाँबसपार्कभित्र जान नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताए । “लामो दूरीका दिवा तथा रात्रिबस नयाँबसपार्कभित्र नजाँदा काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ । ट्राफिक जामलगायत समस्या समाधान गर्न उक्त व्यवस्था गरेका हौँ”, उनले  भने ।

प्रवक्ता सुवेदीले लामो दूरीका दिवा तथा रात्रिकालीन सवारीसाधनलाई गन्तव्यस्थलसम्म पुगे नपुगेका विषयमा आफूहरूले काठमाडौँ भित्रिने नाकाबाटै निगरानी बढाउँदै आएको र गन्तव्यस्थलसम्म नपुग्ने सवारीसाधनलाई कारबाही गर्ने गरिएको बताए । “बाटो इजाजतअनुसारको गन्तव्यमा नगई जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा असर पु¥याउने सवारीसाधनलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन, २०४९ को दफा ७५ अनुसारको कसुर अनुसार कारबाही गरिरहेको छ । उक्त कसुरविपरीत गर्ने सवारीसाधनलाई रु एक हजारदेखि पाँच हजारसम्म कारबाही गरिँदै आएको छ”,  उनको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर काठमाडौँभित्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन महानगर लागिरहेको बताए । “काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेका छौँ”, उनले भने ।

प्रवक्ता मानन्धरले चक्रपथ वरपर राखिएका धेरैजसो टिकट काउन्टर हटाइसकिएको र बाँकी काउन्टरलाई पनि चाँडो हटाएर व्यवस्थित महानगर बनाउने लक्ष्य रहेको बताए ।  काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा लोत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्न मिल्ने क्षमता छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै १८ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने झण्डै दुई हजार ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP