काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा उद्घाटन समारोह भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा आज बाट भाेलिसम्म हुने नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ ।
‘प्राकृतिक स्रोत जल, जंगल र जमिन माथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर । प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरुको पुनः नामांकन गर ’ नारासहित महासंघको ११ औं राष्ट्रिय महाधिवेशन सुरु भएको हाे ।
महासंघका महासचिव दिवस राईले भृकुटीमण्डपबाट विहान ११ बजे ५६ जातिय झाँकी र्यालीसहित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काे सभाकक्षमा भेला भएकाे बताए । उद्घाटन समारोहमा शेर्पा समूदायकाे टुग्ना गीत र नृत्य,मगरकाे काैरा नाच प्रस्तुत गरिएकाे थियाे ।