काठमाडाैं - मध्यपूर्व एसियामा भएको युद्धका कारण बजारमा कृत्रिम अभाव सिर्जना गर्न प्राेत्सहान गर्दै गोदाममा लुकाएर भण्डारण गरिएको अवस्थामा भेटिएको छ। नेपाल आयल निगमले खाना पकाउने एल्पी ग्याँस को मूल्य बढाएसँगै ग्याँस उद्योगी व्यवसायीहरूले बजारमा ग्याँस को कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेच्नको लागि ललितपुर हरिसिद्धिस्थित श्रीराम ग्याँस उद्योगकाे गोदाममा लुकाएर भण्डारण गरिएको अवस्थामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा भेटेको हाे ।
निगमले साेमबार मात्र खाना पकाउने एलपी ग्याँस प्रति सिलिन्डर २१६ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो। ग्याँस को अभाव नहोस् भन्ने हेतुले नेपाल सरकारले ग्याँस उद्योगी र व्यवसायीलाई अनावश्यक रुपमा ग्याँस भण्डारण नगर्न , सहज सरल उपलब्धताको लागि आधा सिलिन्डर ग्याँस बिक्री वितरण गर्न अनुरोध गरेको छ।
यसैबीच ग्याँस उद्योगी व्यवसायीले ग्याँसको कालोबजारी गरेनगरेकाे अनुगमन गर्दा विभागले ललितपुरमकाे ग्याँस उद्योगमा १४.२ किलोग्राम तौलका ६ हजार ३७७ वटा ग्याँस सिलिन्डर लुकाएर भण्डारण गरिएको फेला पारेको छ।
विभागले उक्त उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु.३ लाख जरिवाना गरेको छ। ग्याँसको अवैध कारोबार भएको कोही कसैलाई थाहा भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर सूचना दिन सबैमा विभागलकाे अनुरोध छ। उद्योगी व्यवसायीले कालोबजारी गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कडा कारबाही गरिने चेतावनी दिएकाे छ।