Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २९, २०८२

नारायणगढ- चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ । 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको छ । कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले सुरुआतीमा मेसिनको महत्त्वबारे बुझाउन र प्रयोग सिकाउन केही कठिनाइ भए पनि हाले किसान आफैँले मेसिन खोज्न थालेका बताए । “सुरुका वर्षमा कर्मचारीले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधिबारे सिकाउनुपथ्र्यो । हाल धेरै किसानले सिकिसकेका छन् र मेसिनको माग पनि बढ्दै गएकोे छ”, उनले भने । 

मेसिन प्रयोग गर्दा कम लागतमा बढी उत्पादन हुने भएकाले किसानहरू आकर्षित हुँदै गएको पाण्डेले बताए । “उत्पादन बढाएर लागत घटाउन कृषिमा यान्त्रिकीकरण बढाउनैपर्छ,” उनले भने,“खेतीमा यान्त्रिकीकरण भए उत्पादन लागत झण्डै ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ ।” भरतपुर महानगरपालिका-६ देवनगरका किसान प्रकाश श्रेष्ठले  यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट र दुई बिघामा परम्परागत रूपमा रोपाइँ गरिरहेको जानकारी दिए । “मेसिनले रोप्दा ज्याला कम लाग्दो रहेछ ।  उत्पादन कति हुन्छ हेर्न बाँकी नै छ”, उनले भने ।

Hardik health

श्रेष्ठका अनुसार मेसिनबाट प्लास्टिक ट्रेमा राखेर फरक तरिकाले बेर्ना तयार गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालमा मेसिनबाट धान रोपेको देखेपछि आफूले जानकारी लिएर प्रयोग सुरु गरेको उनले सुनाए ।  कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराइएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएको कृषि अधिकृत पाण्डेले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर करिब ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो भने यसवर्ष थप ९८ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । 

“मेसिनबाट धान रोप्दा बीउ कम लाग्छ, ज्याला खर्च घट्छ र उत्पादन पनि बढ्छ”, पाण्डेले भने,“एक कठ्ठा क्षेत्रफलमा परम्परागत तरिकाले रोप्दा करिब दुई किलो बीउ लाग्ने भए पनि मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ ।” चितवनमा आव २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु गरिएको थियो । हाल जिल्लामा १३ वटा मेसिन सञ्चालनमा छन् । यस वर्ष मात्र किसानलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको छ । जिल्लामा चैतेधान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोनको कमाण्ड क्षेत्र बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको अधिकृत पाण्डेले बताए ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP