काठमाडाैं- आजदेखि आधा मात्र भरेको ग्यास पाइने भएको छ । खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने तयारी गरेको हाे ।
भारतबाट माग अनुसार नै ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिएपछि सरकारले आधा सिलिन्डर मात्रै भरेर बिक्री गर्ने योजना बनाएको छ । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।
विहीबार मन्त्रिस्तरीय निर्णय वा नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर भरेर बिक्री गर्ने औपचारिक निर्णय गरेकाे छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।
