इलाम- प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत र नेपाली कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिएका छन् ।
एक लाख १९ हजार ४८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेद्वार प्रत्यासी छन् । मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभागृहमा भइरहेको छ ।