मलेखु- धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रास्वपाका आशिका तामाङ चार हजार ३१७ मतसहित अगाडि छिन् ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यहाँ नेकपा (एमाले) का भूमि त्रिपाठीले दुई हजार ९४, नेपाली कांग्रेसका कृष्ण रिजालले एक हजार १८६ र तारा नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्र पाण्डेले एक हजार १२४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ को मतगणना सुरु भएको छैन। सर्वदलीय बैठकमा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि उपस्थित नभएपछि गणना अगाडि बढ्न नसकेको सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले जानकारी दिए ।