भक्तपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो मतान्तरले अग्रता लिएको छ । बिहान १ बजेसम्मको मतगणनाअनुसार क्षेत्र नं १ माा रास्वपाका रुकेश रञ्जितले आठ हजार ३०८ मतसहित अग्रता लिएका छन् ।
यहाँ नेमकिपाका प्रेम सुवालले पाँच हजार १७७, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ र नेकपा (एमाले) का सोमप्रसाद मिश्रले ६९४ मत प्राप्त गरेका छन् । यसैगरी क्षेत्र नं २ मा रास्वपाका राजीव खत्रीले सात हजार दुई मतसहित अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले दुई हजार ५३८ मत प्राप्त गरेका छन् ।
यहाँ कांग्रेसका कविर राणाले एक हजार १५८ मत प्राप्त गरेका छन् । यहाँ क्षेत्र नं १ मा एक लाख सात हजार ५४ मतदाता रहेकामा ७६ हजार ७६१ र क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।