जलेश्वर- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन बन्द गरिएको महोत्तरी-मधुबनी रेल सेवा आजदेखि पुनः सञ्चालन गरिएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरको सूचनाअनुसार फागुन १९ गतेदेखि २१ गतेसम्म बन्द रहेको भङ्गाहा-जनकपुर- भारतको जयनगर रेल सेवा आज बिहानदेखि पुनः सुरु भएको हो ।