गण्डकी- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाका क्रममा कास्कीको निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ ।
पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिना गुरुङले सात हजार ५९१ मतसहित अग्रता लिएकाे प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका मनोज गुरुङले तीन हजार ६८५ र एमालेका दामोदर पौडेल वैरागीले दुई हजार १९५ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल एक लाख सात हजार ५६० मतदाता रहेकामा ६५ हजार ४०७ मत खसेको थियो ।