काठमाडौं- रौतहट–४ मा जारी प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले स्पष्ट अग्रता लिएका छन् भने चर्चित उम्मेदवार ऋषी धमला निकै पछि परेका छन्।
आम आदमी पार्टीको ‘मोबाइल’ चुनाव चिन्हबाट चुनाव लडेका धमलाले हालसम्म जम्मा ९ मत मात्रै पाएका छन्।
हालसम्म ३ हजार ८ सय २६ मत गणना भइसकेको छ। प्राप्त विवरणअनुसार रास्वपाका उम्मेदवार गणेश पौडेलले २ हजार २ सय ५ मतसहित पहिलो स्थानमा रहेका छन्।
दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवारले ६ सय ९२ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार ६ सय ३७ मतसहित तेस्रो स्थानमा छन्।