काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपानेले १३ हजार ५९१ मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृत चुरामन खड्काकाअनुसार नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले पाँच हजार ६९६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले तीन हजार ५०७ मत प्राप्त गरेका छन् ।
हालसम्म २६ हजार २१६ मत गणना भएकामा २५ हजार ६०० सदर र ६१६ मत बदर भएका छन् ।