Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २१, २०८२

काठमाडौं -  निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् । 

तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आउनुभएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किए । डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि रासससँग संवाद गर्दै उनले मतदान गर्न पाउँदा यत्साहित भएको प्रतिक्रिया दिए । 

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता  आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिए । “यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खंरै नेपाल फर्किएको हुँ”, उनले भने, “अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता, सुशासन पर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचार बढी हुनाले युवाहरू विदेशिन बाध्य छन् । देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सृजना भएमा अधिकांश युवा स्वदेशमा बस्नेछन् । अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ ।”
     
मैतीदेवी घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेका छन् । तर यस पटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको बताए । श्रेष्ठले यस पटक परिवारभित्रै पनि फरकफरक राजनीतिक धारणा देखिएको उल्लेख गरे । “हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल गर्याेँ । मैले मतदानमा स्वविवेक प्रयोग गरेको छु”, उनले भने । 
    
पहिलो पटक निर्वाचनमा सहभागी भई मतदान गरेका १९ वर्षीया सार्थक सङ्ग्रौलाले आफू मतदान गर्न पाउँदा उत्साहित हुनुका साथै आफूलाई थप जिम्मेवार बनाएको धारणा राखे । काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि रासससँग अनुभव सुनाउँदै उनले भने, “पहिलोपटक भोट हाल्दा केही अफ्ठयारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो”, उनले भने “मेरो मतको कदर हुन्छ, देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ ।” उनले बाबुआमासँग छलफल गरे पनि अन्तिम निर्णय भने आफ्नै विवेकबाट गरेको बताए । 

Hardik health

यस्तै, २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देखिनुभयो । “अनुहारमा देखिन्छ होला, म एकदम उत्साहित छु”, उनले हाँस्दै भने । उनको अपेक्षा छ, अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ । “पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन् । अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ”, उनले भने ।

पराजुलीले युवापुस्ताका जायज माग पूरा हुनुपर्नेमा जोड दिए । सोही मतदानकेन्द्रमा मतदान गर्नुभएका २४ वर्षीया आकृति सापकोटाले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताए । “यस पटकका उम्मेदवार सक्षम देखिन्छन् । के सही र के गलत भन्ने अनुभव पनि सबैले गरिसकेका छन्”, उनले भने, “पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ ।” उहाँको यो दोस्रो मतदानको अनुभव हो । पहिलोपटक मतदान गर्दा परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यस पटक भने दलका एजेण्डा अध्ययन गरेर आफूले निर्णय गरेको उनको भनाइ छ । 


प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
राष्ट्रिय कृषि नीति, २०८३ जारी
राष्ट्रिय कृषि नीति, २०८३ जारी बुधबार, साउन २०, २०८३
बेनी-जोमसोम सडक रातिमा बन्द
बेनी-जोमसोम सडक रातिमा बन्द बुधबार, साउन २०, २०८३
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै बुधबार, साउन २०, २०८३
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’ बुधबार, साउन २०, २०८३
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP