काठमाडौं - दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७ सय ३६ मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म १८ प्रतिशत मत खसेको निवार्चन आयोगले जनाएको छ ।
सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएको छ ।