भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।