काठमाडौं- रास्वपा नेता बालेन शाह चढेको हेलिकप्टर झापामा ल्यान्ड हुन नसकेपछि काठमाडौं नै फर्किएको छ ।खराब मौसमको कारण हेलिकप्टर पुन: डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे ल्यान्ड भएको जनाइएको हाे ।
हेली एभरेस्टको नाइन एन एओबी काठमाडौंदेखि झापा उडान मार्फत रास्वपाका वरिष्ठ नेता शाह लगायत ०५ सदस्यीय टोली ०९:१२ बजे झापा प्रस्थान गरेको थियो ।
बालनेले बिहान काठमाडौंमा भोट हालेर झापाका लागि प्रस्थान गरेका थिए ।