धरान - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरेका छन् ।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख उहाँ सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन् ।
यो क्षेत्रका सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँ एक लाख ५० हजार ३९३ मतदाता छन् ।