Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • मौन अवधिको पहिलो दिन राजधानीमै आगजनी, धनुषामा विष्फोट
प्रतिनिधिसभा सदस्य निर्वाचन मौन अवधिको पहिलो दिन राजधानीमै आगजनी, धनुषामा विष्फोट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २०, २०८२
  • देशभर निर्वाचन सुरक्षा सतर्कता कडा
  • एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना कार्यान्वयनमा
  • उपत्यकामा दुई सवारीसाधनमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई जना पक्राउ 
  • भक्तपुरबाट इन्सास राइफलसहित एक जना नियन्त्रणमा
  • निर्वाचन बिथोल्ने आशंकामा १४२ जना पक्राउ
  • अफवाह फैलाउने ३२ जना समातिए
  • सुरक्षा अवस्था नियन्त्रणमै रहेको प्रहरीको दाबी

निर्वाचन विरोधी गतिविधि, अफवाह फैलाउने र आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानीमा राखिएको छ ।
अविनारायण काफ्ले
प्रवक्ता, नेपाल प्रहरी

  • सेनाले भन्यो- सुरक्षा मजबुत छ, ढुक्कले मतदानमा सहभागी बनौं 

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधिको पहिलो दिन मंगलबार केही स्थानमा भएका छिटफुट घटनाबाहेक देशभरको अवस्था सामान्य रह्यो । सुरक्षा अधिकारीहरूका अनुसार छिटफुट आगजनी, शंकास्पद वस्तु फेला पर्नेजस्ता घटना भए पनि समग्र सुरक्षा अवस्था नियन्त्रणमै देखिएको हो ।

सरकारले निर्वाचनलाई शान्तिपूर्ण र भयरहितरुपले सम्पन्न गर्न एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ मा कार्यान्वयनमा ल्याएको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त रूपमा गस्ती, पेट्रोलिङ र निगरानी बढाएका छन् । नेपाली सेनाले बख्तरबन्द गाडीसहित उपत्यकाका संवेदनशील क्षेत्रमा गस्ती तीव्र बनाएको छ भने मोटरसाइकल गस्तीसमेत सक्रिय छ ।

यद्यपि, मौन अवधिको पहिलो दिन मंगलबार बिहानै काठमाडौंका दुई स्थानमा सवारीसाधनमा आगजनी भयो । सुकेधारामा बा ७ च १४०१ नम्बरको गाडी र नैकापमा बिएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला परेको थियो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका-६ बस्ने २८ वर्षीय सुमन बोहरा र सोही ठाउँ स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार छन् । 

Hardik health

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको हो । उनले भने, ‘पक्राउ परेका दुवै जना प्रसाईं समूहका कार्यकर्ता हुन् । हामीले आगजनी घटनाबारे थप अनुसन्धान थालेका छौं ।’

प्रसाईंलाई भने यसअघि नै भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । उनी निर्वाचन सकिएपछि मात्रै हिरासतमुक्त हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई आइतबार मात्रै पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रसाईं हिरासतमा छँदा उनका समूहले मंगलबार पनि सवारीसाधनमा आगजनी गरेको हो ।  मंगलबार नै सशस्त्र प्रहरीले भक्तपुरको सूर्यविनायक-८ भुम्डोलबाट इन्सास राइफल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ३१ वर्षीय आयन सेढाईं रहेका छन् । उनको साथबाट राइफल, विभिन्न प्रकारका गोली, खुकुरी, बञ्चरो र सिरिञ्ज बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद हतियार गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहको क्रममा सुरक्षाकर्मीबाट लुटिएको हुनसक्ने आशंका छ । तर, प्रारम्भिक अनुसन्धानले उनी प्रत्यक्षरूपमा निर्वाचन बिथोल्ने योजनामा सक्रिय रहेको पुष्टि नभएको जनाइएको छ । उता कोशीको राजधानी विराटनगरमा जिल्ला प्रशासन कार्यालय नजिकै बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि मंगलबार बिहानै त्रास फैलियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पार्दा त्यो हाँडी रहेको खुल्यो । मधेसको बर्दिबासमा पर्ने रातु पुलमा पनि त्यस्तै शंकास्पद वस्तु फेला परेको र सेनाले डिस्पोज गरेको जनाएको छ ।

देशभर १४२ जना पक्राउ
निर्वाचन बिथोल्ने आशंकामा देशभरबाट १४२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार पक्राउ गरिएकामध्ये ७६ जना हिरासतमा रहेको बताए । ६६ जना भने अनुसन्धानपछि छुटेका छन् । सोमबार मात्रै ९ जना पक्राउ परेका थिए । उनले भने, ‘निर्वाचन विरोधी गतिविधि, अफवाह फैलाउने र आचारसंहिता उल्लंघन गर्नेहरूलाई निगरानीमा राखिएको छ ।’

नेपाल प्रहरीको प्रधान कार्यालयअन्तर्गतको केन्द्रीय निर्वाचन सेलले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । साइबर सेलमार्फत सातै प्रदेशमा निगरानी बढाइएको छ । पक्राउ परेकामध्ये १५ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्ररही प्रवक्ता काफ्लेले बताए । 

उनका अनुसार ‘चुनाव हुँदैन’ भन्ने अभिव्यक्ति दिएका ज्योतिष रुद्रनाथ अधिकारीलाई पनि काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको छ । 

विष्फोटमा बालबालिका घाइते
धनुषाको मिथिला नगरपालिका-२ मा को बडहरी पुलमा बम विष्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन् । विष्फोटमा मिथिला-८ जमुनिवासकी १५ वर्षीया आशा भुजेल र आठ वर्षीय सुशील माझी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेशबहादुर बमका अनुसार विष्फोटमा घाइते भएका दुवै बालबालिकाको अवस्था सामान्य छ । विष्फोट भएको बस्तु के थियो भन्ने स्पष्ट भइसकेको छैन । त्यसबारे थप अनुसन्धान भइरहेको डिएसपी बमले बताए ।

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज
निर्वाचन आयोगले धनुषा-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पटक-पटक परेको आधारमा साहको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । 
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोगमा प्राप्त उजुरीअनुसार प्रमाण पर्याप्त देखिएपछि उम्मेदवारी खारेजीको निर्णय गरिएको हो । साहविरुद्ध बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको भन्दै उजुरी परेको थियो । उजुरीको छानबिनका क्रममा कर्जा सूचना केन्द्रको विवरणमा साह एकपटक होइन, आठपटकसम्म कालोसूचीमा परेको तथ्य भेटिएको आयोगले जानकारी दिएको छ ।
निर्माण व्यवसायी साह पहिलोपटक २०८० वैशाख १७ गते कालोसूचीमा परेका थिए । त्यसबेला उनकी साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् । त्यसपछि २०८० असोज १७ गते साह र सञ्जितकुमार साह पुनः कालोसूचीमा परेका थिए । सोही मितिमा उनीहरू अर्को सूचीमासमेत दर्ता भएको रेकर्ड भेटिएको छ ।
त्यसको दुई दिनपछि १९ असोजमा साहसहित रामकुमार महासेठलाई सूचना केन्द्रले कालोसूचीमा राख्यो । २१ असोजमा पुनः साह र महासेठलाई अर्कोे सूचीमा राखिएको थियो । २०८० माघ २२ गते साह फेरि कालोसूचीमा परे, जसमा सञ्जितकुमार साह पनि संलग्न थिए ।
रास्वपाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिसकेपछि समेत साह कालोसूचीमा परेको विवरण सार्वजनिक भएको थियो । गत माघ ४ र १० गते पनि उनलाई कालोसूचीमा राखिएको कर्जा सूचना केन्द्रको अभिलेखमा देखिएको छ ।
यसरी आठपटकसम्म कालोसूचीमा परेको तथ्य पुष्टि भएपछि आयोगले मंगलबार साहको उम्मेदवारी खारेज गरिदिएको हो । यससँगै रास्वपा धनुषा-१ मा उम्मेदवारविहीन बनेको छ । 
रास्वपाका समर्थकहरूले प्रत्यक्षमा अन्य पार्टीका उम्मेदवारहरूलाई रोज्नुपर्ने भएको छ । यद्यपि, मतपत्रमा भने घण्टी चिह्न कायम रहने छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यदि उम्मेदवारविनाको निर्वाचन चिह्नमा मत आए स्वतः बदर हुने छ । 
साहले रास्वपा प्रवेश गरेकै दिन टिकट पाएका थिए । त्यसअघि उनी डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीमा थिए । साहको राजनीतिक पृष्ठभूमि भने एमालेबाट सुरु भएको हो । उनले २०७४ सालको निर्वाचनमा धनुषा १ (क) बाट एमालेको प्रवेशसभा उम्मेदवार बनेर जित हासिल गरे । २०७९ सालमा एमालेबाट टिकट नपाएपछि जनमत प्रवेश गरेर प्रतिनिधिसभा उम्मेदवार बने । तर, तेस्रो स्थानमा रहँदै पराजित भए । जनमतबाट फेरि टिकट पाउने अवस्था नदेखेपछि अहिले फेरि चुनावको मुखमा रास्वपा प्रवेश गरेर टिकट हत्याएका थिए ।
तर, एक करोड २५ लाखको चेक बाउन्स र १२ करोड रुपैयाँ बराबरको पुल निर्माण सात वर्षदेखि अलपत्र पारेको आरोप उनीमाथि छ । यसपछि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा २०८० को वैशाखदेखि राखेको हो । 
साहको उम्मेदवारी खारेज भएसँगै धनुषा-१ मा अब अन्य प्रमुख दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका रामपलटन साह, नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृकाप्रसाद यादव चुनावी मैदानमा छन् । हालसम्म उक्त क्षेत्रमा ४२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जनाइएको छ ।


 


प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP