Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #नेपाली काङ्ग्रेस
  • #धनुषा कर्फ्यु
  • #३२औं विश्व आदिवासी दिवस
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • घोषणापत्र लेखनमै अल्झिए दल
घोषणापत्र लेखनमै अल्झिए दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २५, २०८२
  • निर्वाचन हुन २५ दिनमात्र बाँकी हुँदा सार्वजनिक भएनन् दलका घोषणापत्र
  • कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेख्दै
  • छिट्टै घोषणापत्र सार्वजनिक गर्ने तयारीमा नेकपा र रास्वपा
  • जेन-जी विद्रोहपछि नयाँ मुद्दा घोषणापत्रमार्फत सार्वजनिक गर्नुपर्ने बाध्यतामा पुराना दल
  • नयाँ दलहरू पुरानालेभन्दा फरक र मतदाता आकर्षित गर्ने घोषणापत्र ल्याउनुपर्ने दबाबमा 

 

सभापतिज्यूलाई घोषणापत्र लेखनको जिम्मेवारी केन्द्रीय समितिको पहिलो बैठकले दिएको हो र उहाँकै नेतृत्वमा घोषणापत्र लेख्ने काम भइरहेको छ, छिट्टै सार्वजनिक हुन्छ । 
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं- प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन २५ दिन बाँकी छ । राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरू घरदैलो अभियानमा छन् । फागुन ४ गतेपछि औपचारिकरुपमा चुनावीसभामा उम्मेदवारहरू निस्किने छन् ।  निर्वाचन आयोगले चुनावी तयारी तीव्र पारेको छ । सरकारले चुनावी सुरक्षाका लागि एक महिनाअघि नै नेपाली सेनालाई सडकमा उतारेको छ । म्यादी प्रहरीहरू तालिममा छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी केन्द्रीय सुरक्षा रणनीतिअनुसार परिचालित हुन भने बाँकी छ । यसरी सुरक्षा दृष्टिले पनि देश चुनावमय भएको देखाउँछ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभिभारालाई हामीले पूरा गर्नुछ । त्यसका लागि पहिलो सर्त भनेकै एमालेलाई निर्णायक शक्ति बनाउनु हो, त्यो संकल्पसहितको स्पष्ट कार्यक्रम समेटेर घोषणापत्र बनाउँछौं ।
प्रदीप ज्ञवाली
नेता, नेकपा एमाले

Hardik health

चुनावबाट जनादेश प्राप्त गरी वैधानिकरूपले सत्ताको नेतृत्व गर्ने दलीय आकांक्षा छ । त्यसका लागि दलहरूले जनतामाझ एकल बहुमत आए पाँच वर्षे संसद्को कार्यकालमा गर्न सकिने कार्यक्रमिक रूपरेखासमेत भनिने घोषणापत्र सार्वजनिक गर्ने प्रचलन छ । तर, अहिलेसम्म दलहरूले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।  नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र तयार पार्दै छ । विशेष महाधिवेशनपछि ललितपुरको कुपण्डोलस्थित एक होटलमा बसेको पार्टीको पहिलोपटक केन्द्रीय समिति बैठकले सभापति थापाको नेतृत्वमा घोषणापत्र लेख्ने निर्णय गरेको थियो । सोहीअनुसार घोषणापत्र लेखनको काम भइरहेको प्रवक्ता देवराज चालिसेले बताए ।

‘सभापतिज्यूलाई घोषणापत्र लेखनको जिम्मेवारी केन्द्रीय समितिको पहिलो बैठकले दिएको हो र उहाँकै नेतृत्वमा घोषणापत्र लेख्ने काम भइरहेको छ, छिट्टै सार्वजनिक हुन्छ,’ उनले भने । उनका अनुसार घोषणापत्र लेखन विशेष महाधिवेशनमा पारित तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको प्रस्तुत प्रतिवेदनका आधारमा हुने छ ।
नेकपा एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समितिले लेख्दै छ । नेता प्रदीप ज्ञवालीका अनुसार एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल अभिभारालाई पूरा गर्नेगरी घोषणापत्रमा कार्यक्रम समेटिने छ । उनले घोषणापत्र एमालेलाई निर्णायक शक्ति बनाउने संकल्पसहितको हुने बताए । 

‘देश अहिले संकटमा छ, संकटबाट देशलाई मुक्त गर्दै एमालेले विगतमा भन्दै आएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभिभारालाई हामीले पूरा गर्नुछ,’ उनले भने, ‘त्यसका लागि पहिलो सर्त भनेकै एमालेलाई निर्णायक शक्ति बनाउनु हो, त्यो संकल्पसहितको स्पष्ट कार्यक्रम समेटेर घोषणापत्र बनाउँछौं ।’ अध्यक्ष ओली संयोजक रहेको घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो निर्वाचनमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्रमुख मुद्दा घोषणापत्रमा समेट्ने जनाएको छ । नेकपाको घोषणापत्र लेखन समितिका सदस्य राजेन्द्र श्रेष्ठका अनुसार घोषणापत्र मस्यौदा कमिटीले मस्यौदा तयार गरिरहे पनि सार्वजनिक गर्ने मिति तय भइसकेको छैन । नेकपाको घोषणापत्र लेखन समितिमा नेता प्रमेश हमाल, भीम रावल, देव गुरुङ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, राजेन्द्र श्रेष्ठ, पम्फा भुसाल, रामचन्द्र झा, हरि चौधरी, हाकिकुल्ला खाँ, अजम्बर काङबाङलगायत छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र तयार गरिरहेको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार घोषणापत्र तयारी अन्तिम चरणमा पुगेको र केही दिनमा सार्वजनिक गरिने छ । ‘हाम्रो घोषणापत्र फाइनल हुन लाग्यो र छिट्टै सार्वजनिक गर्छौं,’ उनले भने, ‘जेन-जी आन्दोलनको मूल भावना त्यहाँ समेटिन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल, नेकपा संयुक्तलगायत दलले पनि चुनावी घोषणापत्र बनाइरहेका छन् । आगामी निर्वाचनमा नयाँ दलहरू जेन-जी आन्दोलनको रापतापलाई आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । पुराना दलहरू आफ्नो वर्चश्व जोगाउन कसरतमा देखिएका छन् । उनीहरूसामु गत भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि घोषणापत्रमार्फत नयाँ मुद्दा अघि सार्ने दबाबमा छन् । नयाँ दलहरूले पनि पुरानाभन्दा फरक र जनचाहनाअनुसारका मुद्दा समेटेर मतदाता आकर्षित गर्नेगरिको घोषणापत्र तयार गर्नुपर्ने स्थिति देखिएको छ । 

यहीबीच विगतका निर्वाचनमा दल र उम्मेदवारहरूले मत माग्न जाँदा घोषणापत्रमा गरेका बाचा कार्यान्वयन नभएकोमा चर्कोे आलोचना भइरहेको छ । त्यसो हुँदा निर्वाचनमा पुराना दललाई कार्यान्वयन गर्न सक्ने ठोस कार्यक्रम र योजनामात्र घोषणापत्रमा राख्नुपर्ने बाध्यता छ । 
 


प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने
लैंगिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणाली प्रभावकारी बनाइने बिहीबार, साउन २१, २०८३
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता
बाँकेमा थपिए तीन हजार ७७६ मतदाता बिहीबार, साउन २१, २०८३
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री बिहीबार, साउन २१, २०८३
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह बिहीबार, साउन २१, २०८३
जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन
जनर्लिस्ट युनियन अफ नयाँ नेतृत्व निर्विरोध चयन बिहीबार, साउन २१, २०८३
राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु बिहीबार, साउन २१, २०८३
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन बिहीबार, साउन २१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP