दाङ- सञ्चारिका समूहको संयोजन तथा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा महिलाहरुका लागि फोटो पत्रकारिता तालिम सुरु भएकाे छ । तालिम आजदेखि महिलाहरुका लागि चारदिने फोटो पत्रकारिता तालिम सुरु भएको हाे ।
तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख स्यानी चौधरीले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण माध्यम हो भनिन् । दाङस्थित राष्ट्रिय समाचार समितिकी प्रमुख नारायणी रजौरेले महिलाहरुले फोटो पत्रकारिताका माध्यमबाट आवाज र सामाजिक विषय सशक्त ढङ्गले उठाउनुपर्नेमा जोड दिए ।
तालिममा तुलसीपुर उपमहानगरपालिकाका १९ र तुलसीपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशील ११ जना पत्रकार महिलागरी ३०जना सहभागी छन् ।