काठमाडौं- प्रभाव दैनिकका प्रवन्ध निर्देशक कृष्णबहादुर कार्कीले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाउनु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवन्ध निर्देशक कार्कीसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध वायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा आरोप प्रमाणित हुने प्रमाण नभेटिएपछि विशेष अवालतले सबै प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो।
अहितयारले गत जेठ २० गते वायर गरेको मुद्दा २०७९ चैत २३ गते एक दैनिकमा प्रकाशित तिलाठी कोईलाडी गाउँपालिकाको विज्ञापनसँग सम्बन्धित थियो । उक्त विज्ञापन प्रकाशित गर्दा गैरकानुनी लाभ हानि पुर्याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको आरोप लगाइएको थियो।
मुद्दामा प्रभाव वैनिकका प्रवन्ध निर्देशक कार्की, सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवलगायत पाँच व्यक्ति र बुई कम्पनीलाई प्रतिवावी बनाइएको थियो ।
विशशेष अवालतका अध्यक्ष एवं न्यायाधीश सुदर्शनवेव भट्ट र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले यही माघ ४ गते उक्त मुद्दाका सबै प्रतिवादीहरूलाई सफाइ विएको हो। प्रवन्ध निर्देशक कार्कीले आफू संलग्न नभएको पत्रिकामा प्रकाशित विज्ञापनलाई लिएर भुट्टो आरोपसहित अहितयारले वायर गरेको मुद्दामा सफाइ पाएको बताए।
'तिलाठी कोईलाडी गाउँपालिकाको विज्ञापन जुन पत्रिकामा प्रकाशित भएको वियो, त्यसमा मेरो कुनै संलग्नता विएन,' उनले भने, 'आरोप' झुटाे भएको न्यायालयबाट पुष्टि भएको छ ।