काभ्रेपलाञ्चोक- पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उनकी श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए । आज बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएको उनीलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए ।
तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री हुनुभएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए । एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको विकासमा उनको ठूलो योगदान रहेको छ । आज उनप्रति श्रद्धाञ्जली सभा गरी आफन्तको आगमन पश्चात आजै दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने लामाले जानकारी दिए ।