Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस
सुनसरी–३ बाट पुनः भगवती चौधरी सिफारिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२

काठमाडौं -  नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट पुनः भगवती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने क्रममा निवर्तमान सांसदसमेत रहेकी चौधरीलाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमाले प्रदेश कमिटीले यसअघि नै चौधरीलाई सो क्षेत्रका लागि एकल रूपमा सिफारिस गरेको थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका हेभिवेट उम्मेदवार विजयकुमार गच्छदारलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेकी चौधरीलाई पुनः टिकट दिनुको प्रमुख आधार उनका कार्यसम्पादन, संसदमा देखाएको प्रभावकारी भूमिका र जनसेवाप्रतिको प्रतिबद्धता रहेको पार्टी स्रोतले जनाएको छ ।

महिला अधिकार, आर्थिक सशक्तिकरण तथा सामाजिक सेवामार्फत राजनीतिमा उदाएकी चौधरी नेकपा (एमाले) भित्र मात्र नभई राष्ट्रिय राजनीतिमा पनि साहसी, जुझारु र संघर्षशील नेतृका रूपमा परिचित छिन् । विद्यार्थी कालदेखि नै कम्युनिस्ट विचारधारा र स्वर्गीय जननेता मदन भण्डारीको व्यक्तित्वबाट प्रेरित भई राजनीतिमा सक्रिय भएकी उनले २०७० सालको दोस्रो संविधान सभा निर्वाचन र २०७४ सालको आम निर्वाचनमा कांग्रेसका विजयकुमार गच्छदारसँग निरन्तर प्रतिस्पर्धा गर्दै आफूलाई एक सशक्त नेतृका रूपमा स्थापित गरेकी हुन् ।

Hardik health

राजनीतिलाई पेशा नभई समाजसेवाका रूपमा परिभाषित गर्दै देश र जनताको पक्षमा निरन्तर आवाज उठाउँदै आएकी चौधरीले राज्यशक्ति र प्रतिकूल परिस्थितिका बाबजुद पनि विचलित नभई तेस्रो पटक सोही प्रतिद्वन्द्वीलाई पराजित गर्दै आफ्नो संघर्ष, त्याग र समर्पण प्रमाणित गरेकी छिन् ।पछिल्लो समय सरकार सञ्चालन र संसदमा निर्वाह गरेको प्रभावकारी भूमिकाकै कारण यसपटक पनि उनलाई पुनः निर्वाचित गरिनुपर्ने जनआवाज बलियो बन्दै गएको छ ।

करिब पाँच महिनाको मन्त्री कार्यकालमा नैतिकतामा आँच आउने कुनै काम नगरी कुशलतापूर्वक मन्त्रालय सञ्चालन गर्नु, संसदमा आफ्नो निर्वाचन क्षेत्रका विषयसँगै देश र समाजका समसामयिक मुद्दाहरूलाई सन्तुलित, वस्तुनिष्ठ र तथ्यपरक ढंगले प्रस्तुत गर्नु उनको कार्यशैलीका मुख्य विशेषता रहेका छन् । यही कारण जनताले उनलाई फेरि एकपटक सशक्त संसदीय भूमिकामा देख्न चाहेको राजनीतिक वृत्तको विश्लेषण छ ।


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ
निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’ शुभारम्भ सोमबार, माघ ५, २०८२
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
पूर्वराज्यमन्त्री उप्रेतीको निधन सोमबार, माघ ५, २०८२
रुम–ताराखोला सडक स्तरोन्नति सुरु
रुम–ताराखोला सडक स्तरोन्नति सुरु सोमबार, माघ ५, २०८२
मन्त्री गुप्ताद्वारा राजीनामा
मन्त्री गुप्ताद्वारा राजीनामा सोमबार, माघ ५, २०८२
नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छः पूर्वप्रधानमन्त्री नेपाल
नेपाली पहिचान निर्माण गर्न पर्वहरूको महत्त्वपूर्ण योगदान हुन्छः पूर्वप्रधानमन्त्री नेपाल सोमबार, माघ ५, २०८२
रसुवामा सर्वदलीय बैठक सम्पन्न
रसुवामा सर्वदलीय बैठक सम्पन्न सोमबार, माघ ५, २०८२
प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना
प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होछारको शुभकामना सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP