Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • तत्काल विद्यालय नखुल्ने
तत्काल विद्यालय नखुल्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २७, २०७७
Mantri Parishad
Hardik health
काठमाडौं– भदौ मसान्तसम्म विद्यालय बन्द रहने भएको छ । सरकारले यसअघि १ भदौबाट विद्यार्थी भर्ना लिन सकिने भने पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले सरकारले भदौ १ गतेदेखि सुचारु गर्ने भनेको लामो दूरीका यातायात र हवाई यातायात भदौ मसान्तसम्म बन्द राख्ने निर्णय गरेको छ । भदौ १ गतेदेखि संचालन गर्ने गरी अनुमति प्रदान गरिएका छोटो, मध्यम र लामो दूरीमा अन्तरजिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनहरू, आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडानहरू, प्रशिक्षण खेलकुद, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा सञ्चालनजस्ता कार्यहरू आगामी भदौ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको स्रोतको दाबी छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको भन्दै उद्योग तथा कलकारखानाभित्र क्वारेन्टिनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । यसअघि साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गर्दै लामो दूरीका यातायात, बाह्य तथा आन्तरिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरेको थियो । बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाइ गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ । उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द कोरोना संक्रमण फैलँदै गएपछि काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यकबाहेक १५ दिनमा लागि सबै सेवा बन्द गर्ने निर्णय गरेका छन् । सोमबार उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक अरु सेवा बन्द गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका अनुसार समुदायमा कोरोना संक्रमण फैलिन जोखिम रहेकाले यस्तो निर्णय गरिएको हो । उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएसँगै भीडभाड कम गर्न अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा १५ भदौसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै, कलकारखाना, उद्योगधन्दाहरू, निर्वाध रूपमा सञ्चालन भइरहेका र मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम बढेकोले उद्योग तथा कलकारखाना भित्रै क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने पनि बैठकले निर्णय गरेको छ । काठमाडौं उपत्यकामा घनावस्ती रहेकाले कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने र प्रस्थान गर्ने विन्दूहरूमा कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारको समर्थन वा विरोधमा ¥याली, भेला, अनसन, जुलुुसलगायतका गतिविधिमा कडाईका साथ निषेध गर्ने र भीड हुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । यस्तै मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्तरूपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, पीसीआर परीक्षणको आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षणको दायरा र दरलाई बढाउनेमात्रै भन्दा संक्रमण रोकथामका लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय समेत भएको बैठकपछि प्रमुख शाक्यले जानकारी दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २७, २०७७  ०५:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा सोमबार, चैत ९, २०८२
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा सोमबार, चैत ९, २०८२
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल सोमबार, चैत ९, २०८२
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प सोमबार, चैत ९, २०८२
जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छः मन्त्री सिन्हा
जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छः मन्त्री सिन्हा सोमबार, चैत ९, २०८२
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’
विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’ सोमबार, चैत ९, २०८२
बाँकेमा  तीन करोडभन्दा बढी जरिवाना असुल
बाँकेमा  तीन करोडभन्दा बढी जरिवाना असुल सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP