Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले
संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताले अग्रसरता लिन थाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

घोराही - यहाँ पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो ।

घोराही उपमहानगरपालिका-७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेको छ । माघ सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिइन् । उनले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताइन् । 

आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारू वेशभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उहाँ बताइन् । उनले थारूको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरु नाच्न पनि सिकेकी छन्  । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भने, “तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।” 

Hardik health

नृत्यसँगै उनलाई थारू जातिका महिलाहरुले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उनी बताउँछिन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको बताइन् । 

उनले जस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरुमा थारू जातिसँग सम्बन्धित नाचहरुको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१४ का आशा चौधरीले बताइन् । उनले पछिल्लो समय फुर्सदको समयमा थारू नृत्यहरु सिक्नेदेखि कार्यक्रमहरुमा सहभागी हुने गरेकाे बताइन्  । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भन्नुभयो, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रुपमा केही आम्दानीसमेत हुने गरेको छ ।” जसले गर्दा आफूलाई हौसल्ला बढाउने काम गरिरहेको उनको भनाइ छ ।  

थारू बस्ती बाक्लो भएको गाउँहरुबाट पछिल्लो समय थारू समुदायका युवायुवतीहरु आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रमहरुमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । प

छिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाहरुको भनाइ छ । घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उनले  बताइन् । “थारू समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचहरुमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भनिन्, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारू संस्कृति संरक्षणमा सघाउ पु¥याउनेदेखि  नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।” 

थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । चौधरीले थारू कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताइन्  । थारू समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बाबुबाजेले जोगाउँदै आएको थारू जातिको कला, संस्कृति संरक्षण र संवद्र्धनमा राज्यको सहयोग पनि आवश्यक रहेको चौधरी बताइन्  ।  


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम
पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम मंगलबार, पुस २९, २०८२
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द मंगलबार, पुस २९, २०८२
नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास
नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास मंगलबार, पुस २९, २०८२
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प
अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प मंगलबार, पुस २९, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
अठार फर्ममा विभागको अनुमगन निरीक्षण
अठार फर्ममा विभागको अनुमगन निरीक्षण मंगलबार, पुस २९, २०८२
नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल
नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP