Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह
कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका  छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेका हुन् ।

कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन्  । “अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक  व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने उनले बताए  । यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको बताउँदै उनले कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएकाले सबैले आपसी समन्वयसहित एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए ।

Hardik health

कांग्रेसले देशमा विषम् परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको कार्यवाहक सभापति खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् । “कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गरी नेतृत्व सहज रूपले परिवर्तन गर्न सक्ने अवस्था सुनिश्चित छ । तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक छ”, उनले विज्ञप्तिमा उल्लेख गरे  ।
 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन सोमबार, पुस २८, २०८२
काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने
काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने सोमबार, पुस २८, २०८२
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव  सोमबार, पुस २८, २०८२
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय सोमबार, पुस २८, २०८२
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस सोमबार, पुस २८, २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP