Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने
काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं - थारु समुदायको महान पर्वका रूपमा रहेको माघीलाई लक्षित गर्दै दुईदिने ‘थारु राष्ट्रिय माघी महोत्सव’ आयोजना हुने भएको छ । यो पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले माघ/माघी/तिला सङ्क्राइत/खिँचरा/खिँचरी/खिँचडीका नामले हर्षोल्लासपूर्वक मनाउँदै आएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिको संयोजन तथा ३० वटा थारु सङ्घसंस्थाको संयुक्त आयोजनामा यही पुस ३० र आगामी माघ १ गते काठमाडौँको टुँडीखेलमा महोत्सवको आयोजना हुने भएको हो ।

महोत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले यस महोत्सवले थारु संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवमा सहभागी गराई नेपालको अर्थतन्त्रमा विकास गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको बताए ।  

उनले भने, “थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष, स्वतन्त्रता दिवस, सामाजिक कार्यका लागि गाउँको नेतृत्व चयन, खोजनी बुझनी (समीक्षा) तथा सामाजिक, सांस्कृतिक, धार्मिकलगायत पक्षको महत्वलाई जोड दिन्छ ।”  थारु समुदायले माघी आउनु अगाडिदेखि दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै पर्वको तयारी गर्छन् । पुस मसान्तको दिन सुङ्गुर/बङ्गुर ‘जिता मार्ने’ गरिन्छ भने सोही दिन आगोको धुनी बाल्दै डफ र मादलसँगै धुमरु गाउँदै रातभर जाग्राम बस्ने गरिन्छ । माघ १ गते बिहानै नजिकको खोला, नदी, ताल, तलैया आदिमा स्नान गरिन्छ, जसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । 

Hardik health

स्नानपश्चात् पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । ढुङ्गाको महादेव बनाई जल, फूलमाला, सिक्का पैसा राखी पूजा गर्ने र आफूभन्दा अग्रजबाट आर्शिवादसहित चामलको सेतो टीका लगाई घरमा आएर ‘निसराउ काढ्ने’ र घरपरिवार इष्टमित्रमा साइनोअनुसार ‘स्यावा ढोग’ लिँदै माघका मिठामिठा परिकार खाने सांस्कृतिक प्रचलन रहँदै आएको छ ।

थारु कल्याणकारिणी सभाको अगुवाइमा काठमाडौँमा विसं २०५९ देखि महोत्सव मनाउन थालिएको हो । ‘थारू कला संस्कृति हाँसो पहिचान, यसलाई संरक्षण र संवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मनाइने यस महोत्सवका मुख्य आकर्षक थारु समुदायको सांस्कृतिक झाँकीसहित र्‍याली प्रदर्शन, मूल समुद्घाटन समारोह, विविध थारु सांस्कृतिक प्रस्तुति, थारु खानाका परिकार प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल र्‍याली, ‘जिता मर्ना’ र विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याएका थारु विशिष्ट व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको संयोजक चौधरीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा थारु खानपिन, हस्तकला, पुस्तक प्रदर्शनीका करिब १०० वटा कक्ष (स्टल) रहने छन् । खानाका स्टलमा थारु जातिले माघी पर्वमा ढिक्री, घोङ्गी, अन्डिक भात, खिँचरी, तिलको लड्डु, अन्डिको जाँडको झोल, खँरिया, सुँगुरको मासु, गङ्गटो, सिँधरा, आलुसिन्की, बयरको चटनी, बरिया, तेलपौर रोटीलगायत विभिन्न खानाका परिकारको स्वाद महोत्सवमा सहभागीले लिन पाउने आयोजकले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार चौथो ठूलो जातिका रूपमा रहेको थारुको कूल जनसङ्ख्याको छ दशमलव दुई प्रतिशत छ । २६ जिल्लामा फैलिएका थारु जातिको जनसङ्ख्या १८ लाख सात हजार १२४ रहेको छ । यद्यपि, थारु समुदायले भने यो भन्दाबढी रहेको अनुमान गर्दै आएका छन् । 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन सोमबार, पुस २८, २०८२
कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह
कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह सोमबार, पुस २८, २०८२
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव  सोमबार, पुस २८, २०८२
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय सोमबार, पुस २८, २०८२
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस सोमबार, पुस २८, २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP