Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

मोरङ- निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा रहेको बताएका छन् । आयोगद्वारा आजदेखि विराटनगरमा सुरु भएको दुई दिने प्रतिनिधिसभा निर्वाचनका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि ‘सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण’ कार्यक्रममा उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा भौतिकसँगै डिजिटल ‘प्लेटफर्म’हरू नियन्त्रण गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको बताए।

उनले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख सञ्चरमाध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पार्नसक्ने असरप्रति आयोग सचेत भई कार्य गरिरहेको जानकारी दिए  । उनले भौगोलिकसँगै सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलाउने प्रवृत्ति निर्वाचनमा हुनसक्ने भएकाले यसतर्फ सबैलाई सचेत रहन आग्रह गरे । सामाजिक सञ्जालबाट आउन सक्ने समस्या समाधानका लागि नेपाली सेना, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणको आइटीको समूहले आयोगमा बसेर काम गरिरहेको सचिव राउतले जानकारी दिए  । उनले सामाजिक सञ्जाल फेसबुक र एक्ससँग गलत सूचना सम्प्रेषणहरू रोक्नका लागि आग्रह गरिएको पनि बताए  ।

आयोगका सचिव राउतले निर्वाचन कार्यक्रमअन्तर्गत माघ २ गते निर्वाचन अधिकृत कार्यालयको स्थापना हुने जानकारी दिए  । जिल्ला निर्वाचन कार्यालयलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिइसकिएको बताउँदै उनले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका लागि बजेट स्वीकृत भइसकेको उल्लेख गरे । कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडलले आगामी निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौतीका रूपमा देखिएको बताए  । निर्वाचनका लागि प्रदेश सुरक्षा कमाण्ड पोष्टका अध्यक्षसमेत रहेका उनले प्रदेशको भूगोल, खुल्ला सिमाना, अवैध सवारीसाधनको प्रयोगसँगै सामाजिक सञ्जाल पनि निर्वाचन सुरक्षाको चुनौती बनेको धारणा राखे ।

Hardik health

दुई दिने अभिमुखी कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनः संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनका विविध पक्ष (जनशक्ति, आर्थिक सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा), निर्वाचन व्यस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिः नीतिगत व्यवस्था, नियमन र नियन्त्रण (निर्वाचन आचारसंहिता, अनुगमन र पर्यवेशक्षण समेत)कार्यपत्र प्रस्तुत गरिने छ । यसैगरी निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदन र नमुना मतदान अभ्यास र मतगणनालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम छ ।

अभिमुखी कार्यक्रममा कोशी र मधेस प्रदेशका केही जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको छ । कोशी प्रदेशमा प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेकामा आगामी निर्वाचनका लागि एक हजार ९०७ मतदानस्थल र चार हजार २७० मतदान केन्द्र कायम गरिएको छ । प्रदेशमा सबैभन्दा बढी मतदानस्थल मोरङमा ३०६ र सबै भन्दा कम तेह्रथुममा ५६ रहेका छन् । प्रदेशमा कूल ३५ लाख ७४ हजार ३१० मतदाता छन् ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन
आयोगमा ५० जनाले दिए उम्मेदवारी फिर्ताको निवेदन सोमबार, पुस २८, २०८२
कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह
कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह सोमबार, पुस २८, २०८२
काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने
काठमाडौंमा दुईदिने थारु राष्ट्रिय माघी महोत्सव हुने सोमबार, पुस २८, २०८२
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय सोमबार, पुस २८, २०८२
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस सोमबार, पुस २८, २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP