Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क
खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

तम्घास - रेसुङ्गा नगरपालिकाको फोर्टिन स्टार युवा क्लबले प्रत्येक वर्ष सदरमुकाम तम्घासको चिदिचौर खेलमैदानमा जिल्लास्तरीय छात्र फुटबल प्रतियोगिता सञ्चालन गथ्र्यो । उक्त खेलमैदानमा विभिन्न जिल्लास्तरीय खेलकुदका प्रतियोगिता हुने गर्दथे । यसपटक भने तम्घासको चिदिचौर खेलमैदान निर्माणाधीन छ ।

त्यसले गर्दा कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन भएका छैनन् । यस वर्ष गर्ने कि नगर्ने भन्ने थियो । गुल्मीको इस्मा गाउँपालिकाले वडा नम्बर १ झरनामा पालिकाले जैढुङ्गा बिपी पार्कसँगै अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण ग¥यो । त्यसले गर्दा जिल्लामा हुने विभिन्न प्रतियोगिता अहिले उक्त रङ्गशालामा हुने गरेका छन् । 

सदरमुकाम तम्घासबाट जम्मा १४ किलोमिटर टाढा रहेको खेलमैदानमा जिल्लादेखि स्थानीयस्तरका सबै खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका छन् । “खेलमैदानको अभावमा यस वर्ष खेलकुद प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने थियो”, क्लबका अध्यक्ष नारायण आचार्यले भने, “इस्मामा आकर्षक खेलमैदान बनेको रहेछ, पालिकाले सहयोग गर्ने भए पनि जैढुङ्गा बिपी पार्कमा प्रतियोगिताको आयोजना गर्‍यौं ।” 

उनले क्रिकेट मैदानलाई फुटबल मैदानका रुपमा प्रयोग गरी प्रतियोगिता सञ्चालन गरेको बताउनुभयो । ग्रासरुटका खेलाडी उत्पादन गर्न खेलमैदानले सहयोग गरेको उहाँको भनाइ छ । सदरमुकामको खेलमैदान निर्माणाधीन हुँदा यस वर्ष जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड, जिल्लास्तरीय छात्रा फुटबल प्रतियोगितालगायत सदरमुकाम बाहिर सञ्चालन गरिएको थियो ।

Hardik health

इस्मामा एक महिनामै पाँच वटा प्रतियोगिता सम्पन्न

पार्कमा दिनहुँजसो खेलकुदका कार्यक्रम सञ्चालन हुन थालेपछि इस्मा गाउँपालिका खेलकुदमय बन्न थालेको छ । पछिल्लो एक महिनामै पार्कमा पाँच विभिन्न खेलकुदका प्रतियोगिता सम्पन्न भएका छन् । सबैभन्दा पहिले इस्माकै परिवर्तन युवा क्लबले गत मङ्सिर २० देखि २५ गतेसम्म क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । 

कूल १० टोली सहभागी प्रतियोगिताको उपाधि रुपन्देहीको देवहदको युवा क्लब हात पारेको थियो । दोस्रो खेल गुल्मीको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र पत्रकार महासङ्घबीच मैत्रीपूर्ण भएको थियो । तेस्रो खेलका रुपमा फोर्टिन स्टार युवा क्लबले पुस ८ देखि १० गतेसम्म जिल्लाका माध्यमिक विद्यालयस्तरीय फुटबल प्रतियोगिता गरेको थियो । 

त्यसैगरी चौथो खेल पुस १५ गते विद्युत् कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता तथा पाँचौँ खेलको रुपमा पुस २४ देखि २६ गतेसम्म इस्माको राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भयो । अब छैठौँ खेलका रुपमा तम्घासको खुकुरी युवा क्लबले आगामी माघ ६ देखि १० गतेसम्म विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए । 

कुँवरले पछिल्लो समय पार्कमा घुमफिर, पिकनिक एवं खेलकुदका धेरै कार्यक्रम सञ्चालन हुँदा स्थानीयस्तरमा आर्थिक चलायमान बढेको बताए । स्थानीय उत्पादन बिक्री हुनुका साथै चटपटे, होटल व्यवसाय, फलफुल व्यवसाय लगायतका व्यवसाय बढ्ने र घडेरीको मूल्य वृद्धि भएको वडाध्यक्ष कुँवरको भनाइ छ । 

पछिल्लो समय युवामा क्रिकेटप्रतिको मोह बढ्दै गएपछि इस्मा गाउँपालिकाले वडा नम्बर १ मा बिपी पार्कको नाममा क्रिकेट रङ्गशालाको निर्माण गरेको थियो । सार्वजनिक जग्गा सदुपयोग गरेर बनाइएको उक्त खेलमैदानमा पार्क र वनभोज स्थलसमेत बनाइएको छ । मदन भण्डारी राजमार्गको छेउमा पर्ने जैढुङ्गा बिपी पार्कको काम २०७९ सालबाट सुरु भएको थियो । पहिलो वर्ष २०७९ मा रु पाँच लाख, २०८०/८१ मा रु एक करोड र २०८१/८२ मा रु एक करोड २३ लाख लागतमा खेलमैदानसहितको संरचना तयार भएको गाउँपालिका उपाध्यक्ष एवं प्रवक्ता पार्वती कुँवरले बताए । 

उनले पार्कमा माटो बिछ्याउने, खोलाको किनारमा पर्खाल लगाउने, ग्याभिन जाली, तारजाली घेराबार, बगैँचा निर्माण, पिकनिकका लागि संरचना तयार, फलफूलका बिरुवा रोपण, पिउने पानी, पार्किङ, शौचालयलगायत संरचना तयार गरेको बताए ।  “खेलकुदको नयाँ घरका रुपमा खेलमैदान निर्माण गरेका छौँ”, उपाध्यक्ष कुँवरले भने, “भविष्यमा समग्र जिल्लाको खेल पर्यटनलाई वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।” उनले जेनजी आन्दोलनका कारण सङ्घीय सरकारको रु तीन करोड बजेट रोकिए पनि आगामी वर्षहरुमा खेलमैदानलाई थप आकर्षक र स्तरोन्नति गर्ने योजना रहेको बताए । खेलमैदान निर्माणपछि स्थानीय खेलाडीलाई खेलप्रति मोह बढेको कुँवरको भनाइ छ ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव
कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव सोमबार, पुस २८, २०८२
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव  सोमबार, पुस २८, २०८२
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय सोमबार, पुस २८, २०८२
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस सोमबार, पुस २८, २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध सोमबार, पुस २८, २०८२
लोप हुँदै थारु पोसाक
लोप हुँदै थारु पोसाक सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP