Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • लोप हुँदै थारु पोसाक
लोप हुँदै थारु पोसाक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

तुलसीपुर -  कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो । 

अहिले थारु समुदायले त्यस्तो पोसाक लगाएको कमै देखिन्छ । कुनै कार्यक्रम वा पोसाकको सन्देश दिनका लागिबाहेक अन्य समयमा ती पोसाक लगाउने गरिँदैन ।  पहिला पोसाकले पहिचान झल्काउने बताउँदै पछिल्लो समय पोसाक लगाउनेहरू कम हुँदै जाँदा थारु समुदायका र अन्य समुदायका व्यक्तिमा फरक छुट्याउन नसकिने तुलसीपुरस्थित नमूना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीले बताए । 

“थारु समुदायका आफ्नै पहिचान छन् पहिरन छन् । हाम्रा पूर्खाले त्यस्ता पहिरन लगाउने गर्नुहुन्थ्यो”, उनले भने, “तर, अब त्यो हराउने अवस्थामा पुगेको छ ।”   अहिले बुढापाकाले ती पोसाक लगाउने गरे पनि नयाँ पुस्ताले खासै चासो नदिएका उनको भनाइ छ । यस्ता पोसाक संरक्षण गर्न विभिन्न कार्यक्रम हुँदै आए पनि औपचारिकमा मात्रै सीमित हुने गरेका उनले बताए। 

Hardik health

आधुनिक समाजसँग थारु समुदाय पनि घुलमिल हुँदा आफ्ना पहिचानको संरक्षणमा चासो नदिएका अध्यक्ष चौधरीले बताउनुभयो । “थारु समुदायको कार्यक्रममा केहीले मौलिक पोसाक लगाएको देखिन्छ”, उनले भने, “त्यो बाहेक अन्य समयमा लगाएको पाइँदैन ।” अहिले थारु समुदायको पोसाक देख्दा आफ्नै समुदायका व्यक्तिले अनौठो मान्ने अवस्था आइसकेको उनको भनाइ छ ।  स्थानीय सरकार तथा सरोकार भएका निकायले थारुलगायत विभिन्न जातजातिका मौलिक कला, संस्कृति, पोसाक, परम्परा संरक्षण र प्रवर्द्धनसँगै पुस्तान्तरणमा जोड दिनुपर्ने अध्यक्ष चौधरीले बताए । 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव 
‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती हो’:सचिव  सोमबार, पुस २८, २०८२
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय
प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय सोमबार, पुस २८, २०८२
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
माघ ४ राष्ट्रिय सभा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस सोमबार, पुस २८, २०८२
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध सोमबार, पुस २८, २०८२
खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क
खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क सोमबार, पुस २८, २०८२
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP