Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

चितवन- निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मुलुकमा विकसित भइरहेको वर्तमान अवस्थामा राजनीतिक निकासका लागि आसन्न निर्वाचनको विकल्प नरहेको बताएका छन् । निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभाका सबै निर्वाचन उत्तिकै महत्वपूर्ण रहेका भन्दै यो निर्वाचनको विकल्प नरहेको धारणा राखे ।

आयुक्त जबराले भने, “यस अवस्थामा देशलाई कहिलेसम्म राख्ने तत्कालको विकल्प निर्वाचन हो ।” लोकतन्त्रको खम्बा निर्वाचन भएकाले सबै राजनीतिक दल सहभागी हुँदै भयरहित वातावरणमा मतदान गर्नेगरी सहकार्य र समन्वयमा तयारी गर्नुपर्नेमा जोड दिए  । आयुक्त जबराले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सरोकार भएका सबैको सहयोगको आवश्यकता औँल्याए  ।

विगतको निर्वाचनभन्दा सहज बनाउन आफूहरूले कोसिस गरिरहेको भन्दै उनले सीमित स्रोतसाधनमा निर्वाचन गर्न लागिएको बताए । उनका अनुसार आयोगले हालसम्म सात प्रकारका सामग्री सरकारी निकायमार्फत खरिद गरेको छ ।

Hardik health

अहिलेको परिस्थितिमा दाताको सहयोग प्राप्त नभएको जनाउँदै सरकार लगानीमा छ करोड ५० लाख रुपैयाँको सामान मात्र खरिद गरिएको आयुक्त जबराले उल्लेख गरे  । १७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लङ्घन हुन नदिन सबै मिलेर लाग्न आग्रह गरे  ।

सामाजिक सञ्जालको दुरुपयोग र उम्मेदवारको खर्च मुख्य चुनौती भएको उनको भनाइ छ । यसअघि निर्वाचनको अनुभव लिनु भएकाको अनुभवलाई साटासाट गरेर कसरी राम्रोसँग निर्वाचन गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने आयुक्त जबराले बताए  ।

निर्वाचन आयोगका सहसचिव राजेन्द्रकुमार केसीले कार्यशाला गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै दुई दिनसम्म हुने छलफलका विषयबारे जानकारी गराए  । चितवनसहित काठमाडौँ, विराटनगर र नेपालगञ्जमा यस किसिमका कार्यक्रम भइरहेका उनले जानकारी दिए  । 

आजको सत्रमा विज्ञ स्रोतव्यक्तिका रूपमा पूर्वसचिव गोकर्णमणि दुवाडीले प्रतिनिधिसभा सदस्य निर्वाचनको संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका विषयमा सहजीकरण गर्दै छन् । विज्ञ स्रोतव्यक्ति शालिग्राम शर्मा पौडेलले निर्वाचनका विभिन्न पक्ष र निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका विषयमा सहजीकरण गर्दै छन् ।

मङ्गलबार निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीका विषयमा लक्ष्मी यादव, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदानका विषयमा विज्ञ स्रोतव्यक्ति दुवाडीले सहजीकरण गर्ने कार्यक्रम छ । यसैगरी मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रक्रिया तथा प्रतिवेदनका विषयमा सहसचिव केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क
खेलकुदको हब बन्दै इस्माको जैढुंगा बिपी पार्क सोमबार, पुस २८, २०८२
लोप हुँदै थारु पोसाक
लोप हुँदै थारु पोसाक सोमबार, पुस २८, २०८२
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस
महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो सोमबार, पुस २८, २०८२
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP