Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • झुम्का कारागारबाट फरार खरेल बम काण्डमा पक्राउ
झुम्का कारागारबाट फरार खरेल बम काण्डमा पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस २५, २०८२

सुरुङ्गा- सार्वजनिकस्थलमा पटक / पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका कनकाई नगरपालिका-८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ पुनः पक्राउ परेका छन् । यही पुस १९ गते बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा प्रेसर कुकर बम राखेर त्रास फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०८१ साल पुसमै सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएपछि नेपाली सेनाको कालीशक्ति गणको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको थियो । सो घटनामा समेत खरेल पक्राउ परेका थिए । त्यसैगरी, २०७८ साल चैतमा इटहरी-२ नवजागृति टोलस्थित एक कोठामा भएको बम विस्फोटमा रबिन थापा र शेरजङ्ग गुरुङ घाइते भएका थिए । उक्त घटनामा पनि खरेलको संलग्नता रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए  । पक्राउ परेका खरेल उपर आज जिल्ला अदलत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइने उनले बताए  ।

यही पुस १९ गते बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक सडकको उत्तरी भागमा शङ्कास्पद प्रेसर कुकर बम फेला परेपछि केही समय सवारी आवागमनसमेत ठप्प बनेको थियो । उक्त बमलाई नेपाली सेनाको अरिदमन गणको टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । प्रहरीका अनुसार घटनास्थलबाट विस्फोटक सामग्रीसँगै ‘सनातन सुरक्षा सेना नेपाल’ लेखिएको पर्चा समेत बरामद गरिएको थियो ।

Hardik health

प्रहरीका अनुसार दुई वर्ष पाँच महिना कैद सजाय भुक्तान गरी छुटेपछि खरेल पुनः विस्फोटक आतङ्कमा सक्रिय भएको पाइएपछि २०८१ साल चैतमा पक्राउ परेका थिए । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा फरार रहेको तथ्य पनि खुलेको छ । पछिल्ला केही वर्षयता बिर्तामोड र दमक क्षेत्रमा समेत बम राखेर त्रास फैलाउँदै आएको आरोप उनीमाथि लागेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा बुधबार, माघ ७, २०८२
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार
नेपाल सरकारलाई भारतबाट ६१ वटा गाडी उपहार बुधबार, माघ ७, २०८२
१६५ पदमा ३४८४ जनाको उम्मेदवारी
१६५ पदमा ३४८४ जनाको उम्मेदवारी बुधबार, माघ ७, २०८२
उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीकाे आभार 
उत्साहजनक रूपमा मनोनयन दाखिला गराउने सबैप्रति प्रधानमन्त्रीकाे आभार  बुधबार, माघ ७, २०८२
कुमाल बस्तीमा पिउने पानीको समस्या
कुमाल बस्तीमा पिउने पानीको समस्या बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP