Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एकताको प्रारम्भ कारागारमा, टुंगियो स्टुडियोमा
एकताको प्रारम्भ कारागारमा, टुंगियो स्टुडियोमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, पुस १४, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहबीचको एकता प्रक्रिया थालनी भएको दुई महिनाअघि टुंगिएको छ । एकता प्रक्रियामा सुरुदेखि नै सामेल नेता असिम साहका अनुसार एकताको प्रारम्भिक गृहकार्य लामिछाने सहकारी ठगी अभियोगमा कैद सजाय काटिरहेका बेला नक्खु कारागारमै भएको थियो ।

यही ७ र १० पुसमा पटक-पटक बैठक भए पनि एकता प्रक्रियाले अन्तिम रूप भने सातबुँदे सहमतिमार्फत आइतबार बिहानमात्रै पाएको हो । यसअघि दलहरूबीच एकताको संवाद प्रायः दलका शीर्ष नेताका निवास वा व्यापारीका घरमा हुने गर्थे । तर, यसपटक रास्वपा-बालेन संवाद काठमाडौंको कमलपोखरीस्थित एक ‘फिल्म स्टुडियो’मा टुंगियो ।

नेता साहको भनाइमा संवादलाई गोप्य राख्न छलफलको स्थान परिवर्तन गर्ने रणनीति बनाइएको थियो । सोहीअनुसार संवादका क्रममा दर्जनौं आन्तरिक बैठकहरू विभिन्न स्थानमा गरिएको थियो । उनले प्रभावसँग भने, ‘मिडियामा सूचना चुहिन नदिन ठाउँ-ठाउँ सरेर मिटिङ गर्नुप¥यो ।’ एकता प्रक्रियाका क्रममा संवादस्थल नक्खु कारागार, ज्वागल, लाजिम्पाट र कमलपोखरीसम्म फैलिएको थियो । लामिछाने कैदबाट छुटेपछि संवादलाई तीव्रता दिइएको र ज्वागलस्थित कुमार बेनको निवासमा लगातार दुई दिन बैठक भएको साह बताउँछन् ।

एकताका लागि रास्वपाबाट डा. स्वर्णिम वाग्ले र शिशिर खनालले भित्री समन्वयको भूमिका खेलेका थिए । बालेनपक्षबाट कुमार बेन र भूपदेव साह सक्रिय थिए । यी दुई पक्षबीच समन्वय गर्ने काम असिम र उनका दाइ आसिफले गरेका थिए । स्रोतका अनुसार प्रारम्भमै रविलाई पार्टी सभापति र बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो । तर, दलभित्रको पदीय आकांक्षा र आन्तरिक दबाबका कारण प्रक्रिया केही समय रोकिएको थियो ।

Hardik health

एकताका लागि उपसभापति डा. वाग्लेको नेतृत्वमा उच्चस्तरीय संवाद समिति गठन भएपछि छलफलले तीव्रता पाएको थियो । त्यसपछि मात्रै यसले पार्टी एजेण्डाको मान्यता पाएको थियो । रवि जब कारागारबाट छुटे उनी आफैं एकताका लागि दौडमा निस्किए । अन्ततः आइतबार बिहानै एकता भयो । एकता वार्तापछि सार्वजनिक भएको तस्बिरमा १२ जना पुरुष सहभागी देखिए । 

एकताको समझदारीपत्रमा रवि सभापति र बालेन भावी प्रधानमन्त्री हुने उल्लेख छ । त्यसका लागि बालेन आगामी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीमा छन् । बालेन पक्षका अनुसार उनी झापा-५ बाट उम्मेदवार बन्ने सोच बनाउँदै छन्, जुन एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओलीलाई जसरी आगामी निर्वाचनमा पराजित गरेर प्रतिनिधिसभा रोक्न बालेन चाहन्छन् । त्यही भएर ओली उठेकै क्षेत्रमा उम्मेदवारी दिने बालेनको तयारी छ । 

२०४८ सालयता निर्वाचन लडेका ओली पहिलोपटक २०६४ मा तत्कालीन नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । बाँकी सबै निर्वाचन जितेका छन् । उनै ओलीलाई पराजित गर्दै बालेन आगामी प्रतिनिधिसभाबाट प्रधानमन्त्री हुनेगरी रविसँग सहमति गरेका हुन् । तर, रवि र बालेनको एकता चुनौतीरहित भने छैन । नेपालमा विगतमा बनेका ठूला राजनीतिक एकताहरू दीर्घकालीनरूपमा टिक्न नसकेको इतिहास स्मरण गर्दै राजनीतिक विश्लेषक डा. तानाराथ घिमिरे सावधानी अपनाउनुपर्ने बताउँछन् । २०६४ सालको माओवादी उभार र २०७४ सालको वाम एकताले दिएको परिणाम त्यसका उदाहरणका रूपमा उनी उल्लेख गर्छन् ।

हाल रवि र बालेनबीच वरीयता वा पद बाँडफाडको विवाद नरहेको बताइए पनि कानुनी चुनौती, व्यक्तित्व टकराव र लोकप्रियताको जोखिमलाई व्यवस्थापन गर्नुपर्ने चुनौती कायम रहेको घिमिरेको विश्लेषण छ । उनले एकता टिकाउबारे भने, ‘सहकार्य दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने भन्ने प्रश्न भने उनीहरूको व्यवहार, समझदारी र कार्यान्वयन क्षमतामै निर्भर रहने छ ।’
 

रवि कि बालेन प्रभावी ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहबीच भएको सातबुँदे सहमतिका शब्दहरू केलाउँदै कसको हार जित भन्ने खुट्याउने काम भइरहेको छ । 

एकथरीले महानगरको एउटा प्रमुखले अघिल्लो प्रतिनिधिसभामै चौथो हैसियतमा रहेको दलबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नेगरी समर्थन पाउनु र सोहीअनुसार समझदारी हुनु उनको जितको रूपमा अथ्र्याउने गरेका छन् । अर्कोथरीले चाहिँ सातबुँदे सहमतिमा रवि पूरापूर हाबी भएको टिप्पणी गरिरहेका छन् । उनीहरूका अनुसार पार्टी सभापति आफैं, दलको नाम रास्वपा नै, झण्डादेखि चुनाव चिह्नसम्मै रास्वपाकै हुने समझदारीले रविकै जित भयो । तटस्थ विचार मत प्रकट गर्नेहरूले भने दुवै जित-जितको स्थितिमा रहे ।

उनीहरूबीच भएको सम्झौताको पहिलो बुँदामा नवयुवा (जेन-जी)ले भ्रष्टाचार र कुशासनको विरुद्धमा गरेको आन्दोलनको अपनत्व लिने उल्लेख छ । उनीहरूले घाइते र सहिद परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । दोस्रो बुँदामा समुन्नत र सामाजिक न्यायका लागि प्रतिबद्धता जनाउँदै नीतिगत, संस्थागत र संरचनागत सुधार गर्ने भनेका छन् । उनीहरूले नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने मार्गचित्रमा इमान्दार भएर समर्पित हुने अठोट लिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चिह्न र झण्डा पुरानै हुने अर्को बुँदामा छ । पार्टी नेतृत्व रवि र भावी प्रधानमन्त्रीमा बालेनलाई सार्ने भनिएको छ । पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने अर्को सहमतिको बुँदा छ ।  यो सम्झौता तत्काल कार्यान्वयन गर्ने योजनाका साथ उनीहरूले निर्वाचन आयोगमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको अभिलेख र दस्तावेज अद्यावधिक गर्ने घोषणा गरेका छन् ।

रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन वैकल्पिक शक्ति पक्षधरहरूलाई उनीहरूले आह्वान पनि गरेका छन् । सम्झौतापत्रमा छ, ‘लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने ।’

एकताबारे मिश्रित प्रक्रिया
रास्वपा र बालेनबीचको एकतालाई कांग्रेसले अनौठो नमानेको जनाएको छ । उपसभापति धनराज गुरुङले विचार मिल्ने पक्षहरूबीचको एकता स्वाभाविक भएको बताए । उनले भने, ‘अनौठो मान्नुपर्ने के छ र ? विचार र सिद्धान्त मिल्नेहरू एक भएकै राम्रो ।’ नेकपा एमालेले भने कडा प्रतिक्रिया दिएको छ । महासचिव शंकर पोखरेलले रवि र बालेनले गरेको एकतालाई जेन-जी विद्रोहको नाममा विध्वंश गर्ने मतियार र सञ्चालकबीचको गठजोडको रूपमा टिप्पणी गरेका छन् । उनले एकतालाई दोस्रो चरणको विध्वंशको प्रारम्भिक चरण भन्दै गम्भीर स्थिति भएको बताए  ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भने, ‘त्यही भएर लोकतान्त्रिक र देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताए । ‘यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ ।’ नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले विचार मिल्नेहरूबीचको एकताबारे टिप्पणी गर्न नपर्ने प्रतिक्रिया दिएका छन् । तर, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लामिछाने र बालेनलाई गम्भीर आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘उनीहरूले सत्तामा पुग्ने र प्रतिशोध साँध्ने मात्रै राजनीति गरे ।’

अन्य साना दलहरूले पनि रास्वपा र बालेनबीचको एकतालाई लिएर फरक-फरक धारणा अघि सारेका छन् ।
 


प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP