काठमाडाैं- बिहीबार नेप्से परिसूचक घटेकाे छ । आज बजारमा १०.६६ अंकले घटेर नेप्से परिसूचक २६१५ अंकमा झरेको हाे।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । त्यस्तै सिन्धु विकास बैंकको ९.५६, सीवाईसी लघुवित्तको ४.८७ तथा सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशत मूल्य बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशत घट्यो । गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ तथा मोदी इनर्जीको ३.०२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन् ।