Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • ओली र पोखरेल पक्षबीच ठाउँठाउँमा लफडा
एमालेको प्रतिनिधि छनोट ओली र पोखरेल पक्षबीच ठाउँठाउँमा लफडा
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
आइतबार, मंसिर १४, २०८२
  • कोशीको मोरङ, सुनसरी, धनकुटा र ओखलढुंगामा महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, मोरङमा ओलीनिकट र सुनसरीमा पोखरेलनिकट नेता कुटिए
  • देशका अधिकांश जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट
  • आइतबार (आज) पनि महाधिवेशन प्रतिनिधि छनोट गरिँदै

काठमाडौं– नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा ठाउँठाउँमा झडप भएको छ । झडपबीच कतै प्रतिनिधि छनोट भएका छन्, कतै रोकिएको छ । अधिकांश जिल्लामा भने सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।यी दुई नेता पक्षीय कार्यकर्ताबीच देशको विभिन्न जिल्लामा शनिबार झडप भएको हो । 

अध्यक्ष ओलीको गृहप्रदेश कोशीको मोरङमा त हातपात नै भएको छ । त्यहाँ नेता पर्शुराम बस्नेतमाथि हातपात भएको हो । गुन्डागर्दी पृष्ठभूमिका उनी ओलीनिकट नेता हुन् । पोखरेलपक्षीय कार्यकर्ताले उनलाई जिल्ला पार्टी कार्यालय पाञ्चालीस्थित मतदानस्थल बाहिर हातपात गरेका हुन् । हातपातको स्थिति सिर्जना हुनुको मुख्य कारण ढकाल समूहले एकै व्यक्तिलाई पटकपटक मतदान गर्न लगाउनु रहेको ओलीपक्षको आरोप छ । एमाले मोरङमा पोखरेलपक्षीय नेता विनोद ढकाल समूहको बलियो पकड रहेको मानिन्छ । 

केन्द्रीय सल्लाहकार परिषद्बाट गरिएको प्रतिनिधि छनोट प्रक्रियाप्रति विमती जनाउँदै पार्टी कार्यालयमा निवेदनसमेत परेको छ । अध्यक्ष अमृत बोहराले अलोकतान्त्रिक ढंगले प्रतिनिधि छनोट गरेको भन्दै सल्लाहकार कृष्ण दाहालले निवेदन दिएका हुन् ।उनले पत्रकारहरूलाई भने, ‘केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत बोहराले अँध्यारो कोठामा बसेर २५ जनाको नाम लेखेर संगठन विभागलाई बुझाएर हिँड्नुभयो ।’

उनले परिषद्बाट २५ जना प्रतिनिधि छनोट गर्ने निर्णय बदरको मागसमेत गरेका छन् । ओलीकै गृहप्रदेश कोशीको धनकुटामा प्रतिनिधि छनोटलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका धनकुटा इन्चार्ज राजेन्द्र राई र अर्का नेता इन्द्रमणि पराजुली पक्षबीच १३ जना प्रतिनिधि छनोटमा विवाद सिर्जना भएको हो । दुवै ओलीपक्षीय हुन् । विवादपछि राई पक्षधरले प्रेस विज्ञप्तिमार्फत सहमतिमा प्रतिनिधि छनोट असम्भव हुँदा निर्वाचनमार्फत गर्न खोज्दा पराजुली पक्षबाट जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बू र उपसचिव नैनबहादुर विश्वकर्मामाथि अभद्र व्यवहार भएको, निर्वाचन कार्यालयमा तोडफोड गर्दै अपशब्द बोलेको भन्दै आपत्ति जनाएको छ ।

Hardik health


तर, पराजुली पक्षले अध्यक्ष लिम्बूले एकलौटी ढंगले प्रतिनिधि छनोट गर्ने प्रपञ्ज रचेका कारण विवाद उत्पन्न भएको दाबी गरेको छ । विधानविपरीत प्रतिनिधि छनोटका लागि मतदान गराउन खोजेको पराजुलीपक्षीय नेता कमल कार्कीले बताएका छन् । कोशीकै ओखलढुंगामा पनि प्रतिनिधि छनोटमा विवाद भएको छ । जिल्ला अध्यक्ष जीबी खड्काले विधि मिचेर प्रतिनिधि छनोटमा एकलौटी गर्न खोजेको भन्दै २० जना उम्मेदवार निर्वाचन प्रक्रियाबाट अलग भएका छन् । संविधानसभा सदस्य हर्कबोल राई, नेता शकुन्तला राजभण्डारी, पूर्वजिल्ला अध्यक्ष तथा पूर्व मेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापालगायत नेताहरूले अध्यक्ष खड्काले विधिसम्मत प्रक्रिया अपनाए मात्रै प्रतिनिधि छनोटमा सहभागी हुने बताएका छन् । त्यहाँ प्रतिनिधि छनोटका लागि ४१ जना छन् । त्यसमध्ये २० जना उम्मेदवार छनोट असन्तुष्टि जनाउँदै प्रक्रियाबाट अलग भएका हुन् । 

‘दलितको भोट चलेन’ 
एमाले महाधिवेशन प्रतिनिधि छनोटको क्रममा मोरङमा जातीय विभेद भएको पाइएको छ । त्यहाँ दलित उम्मेदवार छनोटका लागि छुट्टै मतपेटिका राखेर विभेद गरेको पाइएको हो । त्यसो गरिँदा दलित मतदाताले खुला, युवा, महिलालगायत क्लस्टरबाट छनोट हुने महाधिवेशन प्रतिनिधि उम्मेदवारलाई भोट हाल्न पाएनन् । दलित अगुवाहरूले एमालेले दलित समुदायमाथि संस्थागत रूपमै विभेद गरेको गुनासो गरेका छन् । दलित अगुवा खेम नेपालीले गुनासो गर्दै पत्रकारहरूलाई भने, ‘एमालेले दलितलाई झनै दलित बनायो । पानी नचल्ने त छ, भोट पनि नचल्ने बनायो ।’मोरङबाट छनोट हुने महाधिवेशन प्रतिनिधि तीन जना हो । 

कोशीकै सुनसरी–१ बाट महाधिवेशन प्रतिनिधि छनोटको क्रममा विवाद उत्पन्न हुँदा ईश्वर पोखरेलपक्षीय अनिल राजधामी कुटिएका छन् । सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका राजधानी कोशीका पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव पनि हुन् ।एमाले धरान कार्यालयनजिक युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले राजधामीलाई कुटपिट गरेको हो । राजधानी सुनसरी–१ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिए । उम्मेदवारी फिर्ता लिनु भन्दै ओलीपक्षीय राईपक्षले राजधामीमाथि कुटपिट गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा पनि महाधिवेशन प्रतिनिधि चयनमा गम्भीर विवाद उत्पन्न भएको छ । महाधिवेशन प्रतिनिधिका एक जना उम्मेदवार सुरेश गौतमले विज्ञप्तिमार्फत प्रतिनिधि चयन विधि, विधान र केन्द्रीय निर्देशनविपरीत भएको भन्दै खारेज गर्न माग गरेका छन् । ईश्वर पोखरेलपक्षीय उनका अनुसार दाङमा प्रतिनिधि छनोट मनपरी ढंगले गरिएको छ । निर्वाचन समिति गठन, मतदाता नामावली प्रकाशन र अन्य अनिवार्य प्रक्रियाहरू बेवास्ता गरेर एकलौटी शैलीमा नाम टुंग्याइएको उनको आरोप छ । उनले महासचिव पोखरेलको निर्देशनमा विधानविपरीत महाधिवेशन प्रतिनिधि छनोट एक्लौटी ढंगले गरेको दाबी गरेका छन् । 

तर, धेरै जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । ओली अर्थात् संस्थापनपक्षलाई पोखरेलपक्षले चुनौती दिन नसक्ने जिल्लाहरूमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । 

रस्साकस्सीपूर्ण प्रतिनिधि छनोट 
यही मंसिरको २७, २८ र २९ गते हुने एमालेको ११औँ महाधिवेशन हुँदैछ । त्यसका लागि एमालेले आइतबारसम्म महाधिवेशन प्रतिनिधि छनोट गर्दै छ, जुन शनिबारदेखि सुरु भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।
पार्टीको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवास, केन्द्रीय विभाग र कार्यालय तथा जनसंगठनबाट पनि प्रतिनिधि छनोट हुने गौतमले बताए । पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २१ सयभन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । 

 


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयमुक्त वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
भयमुक्त वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी सोमबार, माघ ५, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ सोमबार, माघ ५, २०८२
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
देशसभा सदस्यबाट डा जोशीको राजीनामा
देशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का सोमबार, माघ ५, २०८२
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी सोमबार, माघ ५, २०८२
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP