Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • जाँजबुझ आयोगसँग सशंकित प्रहरी
आयोगका अध्यक्ष प्रहरी संगठनलाई थप कमजोर बनाउन लागिपरेको आरोप जाँजबुझ आयोगसँग सशंकित प्रहरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
सोमबार, मंसिर १, २०८२
  • आयोगको निशानामा प्रहरी संगठन र तिनको निवर्तमान नेतृत्व खापुङ
  • प्रहरीविरुद्ध आयोग कठोर हुने संशय
  • जेन–जी विद्रोहकै बेला कार्की प्रहरीविरुद्ध खडा
  • आयोग प्रहरीविरुद्ध प्रतिशोधी बनेको टिप्पणी

काठमाडौं– जेन–जी विद्रोहको क्रममा भएका घटनाहरूको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुवेर खापुङलाई अवकाशकै दिन ‘स्थान हद’ तोकेपछि प्रहरी संगठनभित्र असन्तोष र आशंका बढेको छ ।

सुरक्षावृत्तमा आयोगले प्रहरी संगठन र तिनको पूर्वनेतृत्वविरुद्ध चालेको कदमलाई प्रतिशोधपूर्ण व्यवहार भनेर टिप्पणीसमेत भइरहेको छ । आयोगले गत २७ कात्तिकमा खापुङलाई स्थान हद तोकेको थियो । उनलाई विदेश यात्रामा रोकसमेत लगाएको थियो ।आयोगको अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की हुन् । उनी खापुङसँग असन्तुष्ट छन् । त्यसो हुनाले उनी नेतृत्वको आयोगले गर्ने जाँचबुझमा निष्पक्षताको प्रश्नसमेत उठेको छ ।

यस्तोमा प्रहरी संगठनलाई कमजोर पार्नेगरी आयोग अघि बढेको भन्दै यतिबेला सुरक्षावृत्तबाट चिन्ता प्रकट भइरहेको छ ।पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले प्रभावसँग भने, ‘जेन–जी विद्रोहको बेला फिल्डमा नेपाली सेना र सशस्त्र प्रहरी पनि खटिएका थिए । तर, प्रहरी र प्रहरीको नेतृत्वलाई निशाना बनाउनु पूर्वाग्रही हो ।’

जेन–जी विद्रोहको बेला फिल्डमा खटिएका प्रहरी अधिकारीहरूको विवरण माग्दा खापुङले जवानदेखि आइजिपीसम्म फिल्डमै रहेको जवाफ पठाउँदा कार्की असन्तुष्ट भएका थिए । भनिन्छ, आयोग अध्यक्ष कार्की तुरुन्तै खापुङलाई कारबाही गर्ने अडानमा पुगेका थिए । उनलाई आयोग सदस्यसमेत रहेका पूर्वएआइजी विज्ञानराज शर्माले रोकेको एक जना उच्च प्रहरी स्रोतले जनायो ।

Hardik health

उनका अनुसार शर्माले अवकाशको दिनमा प्रहरीको नेतृत्व हटाउँदा संगठनमा नराम्रो सन्देश जान्छ भन्दै कार्कीलाई सम्झाएका थिए । आयोग अध्यक्ष कार्की जेन–जी विद्रोहको बेला प्रहरीविरुद्ध पूरै नकारात्मक थिए । उनले त्यसबेला सामाजिक सञ्जालहरूमा प्रहरीलाई कारबाही गर्नुपर्ने, जेलमा हाल्नुपर्ने, विदेश यात्रामा रोक लगाउनुपर्ने जस्ता प्रहरीविरोधी अभिव्यक्ति दिएका थिए । 

त्यसैले गर्दा पनि उनी नेतृत्वको आयोग प्रहरीविरुद्ध कडा रूपमा प्रस्तुत हुन लागेको पूर्वएआइजी भण्डारी बताउँछन्, जुन सकारात्मक नभएको उनको भनाइ छ । ‘उहाँ (कार्की)ले सामाजिक सञ्जालबाट प्रहरीलक्षित जे–जे लेख्नुभयो । त्यसले उहाँले कति निष्पक्ष ढंगले जाँचबुझ गर्नुहोला ? शंका गर्ने ठाउँ त छ नि, छैन र ?,’ उनले भने । 

आयोगले खापुङमात्रै नभएर फिल्डमा खटिएका प्रहरी अधिकारीहरूलाई धमाधम बयानका लागि बोलाइरहेको छ । बयान दिनेहरूको विवरण र बयानसमेत आयोगले सार्वजनिक गर्दै आएको छ । आयोगले गोप्यता कायम गर्नुपर्नेमा त्यसो नगरी सार्वजनिक गरेर ‘पपुलिस्ट’ बन्न खोजेको टिप्पणी भइरहेको छ । यसबाट पनि आयोग प्रहरी संगठन र तिनका नेतृत्वविरुद्ध कठोर बन्न सक्ने आकलन एकथरीले गर्दै आएका छन् । प्रहरीहरू सशंकित देखिएका छन् ।

‘अध्यक्ष र सदस्यले सामाजिक सञ्जाल र मिडियामा पहिले नै निष्कर्ष निकालिसकेका छन् । फेरि आयोगको व्यवहार त्यस्तै छ, जसले आयोगले कस्तो प्रतिवेदन बुझाउँछ ? कसलाई कारबाही सिफारिस गर्छ ? त्यो अनुमानयोग्य देखिन्छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकृतले भने ।जेन–जी विद्रोहपछि प्रहरीको मनोबल गिरेको छ । प्रहरीका हातहतियार खोसिएका छन् । ब्यारेकहरू खरानी बनाइएका छन् । कतै तोडफोड भएका छन् । विद्रोहको क्रममा तीन जना प्रहरीले ज्यान गुमाए । थुप्रै घाइते भए । 

त्यसमाथि प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री भएको दोस्रो दिन २८ भदौमै प्रहरीविरोधी हिंसाप्रेरित अभिव्यक्ति दिएकी थिइन् । सरकार प्रमुख नै प्रहरीको मनोबल गिराउन लाग्दा त्यसमाथि आयोगले त झनै कमजोर बनाउन खोजेको भन्दै चिन्ता प्रकट भइरहेको छ । जबकि, २१ फागुनमा अग्रमोर्चामा रहेर चुनावी सुरक्षा गर्नुपर्ने जिम्मेवारी प्रहरीकै हो । तर, राजनीतिक नेतृत्वहरूलाई भन्दा प्रहरी संगठनविरुद्ध आयोग कठोर हुने देखिएको छ ।कार्की आयोगलाई जेन–जी विद्रोहको पहिलो दिन २३ भदौमा भएको सरकारी दमन र भोलिपल्ट भएको विध्वंशको जाँचबुझ गर्ने कार्यादेश छ ।
 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार वटा फर्मलाई जरिवानासहित कारबाही
चार वटा फर्मलाई जरिवानासहित कारबाही मंगलबार, मंसिर २३, २०८२
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै
महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै सोमबार, मंसिर २२, २०८२
टानका पूर्वअध्यक्ष सिंहको निधन
टानका पूर्वअध्यक्ष सिंहको निधन सोमबार, मंसिर २२, २०८२
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी सोमबार, मंसिर २२, २०८२
भालुको आक्रमणबाट दुई जना घाइते
भालुको आक्रमणबाट दुई जना घाइते सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
चालक हत्या प्रकरणमा सात जना पक्राउ
चालक हत्या प्रकरणमा सात जना पक्राउ सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP