काठमाडौं - देशभरकाे मौसम प्रणाली मुख्यतया सफा रहने छ ।
आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएकाे छ
त्यसैगरी, आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ ।