काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेकोे छ । आज सेयर बजार २.३५ अंक घटेको हो ।
सेयर घटेपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको र कारोबार रकम पनि घटेको छ ।अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो । हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए ।
आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहेका छन् ।