काठमाडौं- साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज बढेको छ । नेप्से १२.०३ अङ्कले बढेर २,७६१.८६ बिन्दुमा पुगेको हो ।
नेप्से बढेसँगै बजारमा ५ अर्ब १० करोड ७४ लाख बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा रहेका कम्पनीहरूमध्ये १४२ कम्पनीको शेयर मूल्यमा वृद्धि भयो ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै २८ करोड ८ लाख २३ हजार १८४ रुपैयाँ ५० पैसाको कारोबार भएको छ । त्यसैगरी एभरेष्ट बैंकको २४ करोड ४४ लाख ८८ हजार ८०३ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।