काठमाडौं- हप्ताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १८.०२ अङ्कले घटेर २७३९.९५ बिन्दुमा कायम भएको छ ।
कारोबार ३२३ कम्पनीको शेयर किनबेच हुँदा छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५.९२ रुपैयाँ भएको छ ।
विकास हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट रहेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा गिरावट आएको छ ।