काठमाडौं- साताको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो ।
परिसूचकसँगै कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको छ ।
कारोबार रकमको आधारमा आज हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको छ। कम्पनीको २४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।