काठमाडौं-साताको अन्तिम दिन बिहीबार बिहीबार सेयर बजार बढेको छ । आज सेयर बजार २.६२ अंकले बढेर २७८८.३६ अंकमा पुगेको छ । तर बजारमा कारोबार भएका १०८ कम्पनीको मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ ।
बजारमा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनभन्दा बढी हो । साथै बजारमा नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक देखिन्छ । एनआईसी एसियाको फ्लेक्जी क्याप फण्डको मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशतले घटेको छ ।
बजारमा आज अधिकांश सूचक बढेका छन् । यद्यपि सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ परिसूचक घटेको छ । ट्रेडिङ र अन्य समूहका सूचक बढेका छन् । बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी एक्लैको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआरएन इन्फास्ट्रक्चरको ४१ करोड र बलेफी हाइड्रोको ३६ करोडको कारोबार भएको छ । कारोबार संख्या र कारोबार भएको शेयर संख्याका आधारमा बलेफी हाइड्रोपावर अगाडि रहेको देखिन्छ ।