काठमाडौं- सेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । हप्ताको तेस्रो दिन बुधबार सेयर बजार १०.५० अंकले घटेर २७८५.७४ अंकमा झरेको छ ।
साथै बजारमा ६ अर्ब १६ करोडको कारोबार भएको छ । जसमा ८९ कम्पनीको शेयर मूल्य घट्यो । मायाखोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ भने कुमारी बैंकको डिबेन्चरको मूल्य घटेको छ ।
बजारमा बलेफी हाइड्रोपावरको ३४ करोडको सेयर कारोबार हुनु नै सबैभन्दा उच्च कारोबार रह्यो । कारोबार भएको सेयर संख्या र कारोबार सङ्ख्याका आधारमा पनि सोही कम्पनी अगाडि रहेको छ ।