काठमाडौं- साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । बजार परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ अंकमा बन्द भएको छ । आज बजारमा कुल ६ अर्ब ९१ करोड ८९ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका कुल कम्पनीहरूमध्ये जम्मा २४ वटाको मात्र मूल्य बढेको छ । २२५ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १ कम्पनीको मूल्य भने स्थिर रह्यो। बजार घटे पनि सिटी होटलका लगानीकर्ताले कम्पनीको सेयर मूल्य ९.९९प्रतिशतले बढेको हो । सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको २६ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसपछि क्रमशः हिमालयन रिइन्स्योरेन्स र लक्ष्मी लघुवित्र् तथा शिवम् सिमेन्टको पनि २० करोड माथिको कारोबार भएको छ ।