काठमाडौं–साताको अन्तिम दिन आज बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ । बजार परिसूचक ४.४८ अङ्कले बढेर २९८३.३६ को विन्दुमा पुगेको छ ।
बजारमा कारोबार रकम दिनभरमा कुल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।आज बजार परिसूचक कुल कारोबारमा आएकामध्ये १२३ कम्पनीको सेयर मुल्यमा वृद्धि हुँदा १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।
दिनभरमा ३२८ वटा स्क्रिपको ३ करोड ८९ लाख ६२ हजार ५९८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक खरिदबिक्री भएको थियो । कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी ७७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै, ङादी पावरको ७१ करोड ९१ लाख र ग्रीन भेञ्चरले ६६ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।
आज गुडविल ग्रीन भेञ्चरका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । साथै बजारमा विकास बैंक, हाइड्रोपावर, होटल तथा टुरिजम, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समूह बढ्दा अन्य समूह घटेका छन् ।