Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • हेंवाखोला बाढी तीनवर्ष : हटेन सास्ती
हेंवाखोला बाढी तीनवर्ष : हटेन सास्ती
रवीन्द्र काफ्ले /रासस
रवीन्द्र काफ्ले /रासस सोमबार, साउन ५, २०८२

पाँचथर- ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–७ खेवाङका रश्मी आचार्य दुई वर्षअघि विसं २०८० असार तेस्रो साता गाउँको विद्युतीकरणको कामको सिलसिलामा फिदिम आउनुपर्ने थियो । बाढीले हेंवा खोलाको सडक पुल बगाएको उहाँलाई जानकारी नै थियो । तर आर्थिक वर्ष सकिन लागेकाले नआइ नहुने भयो । डिजेलको अभावले गाउँबाट चल्ने सवारीसाधन बेलाबखत मात्रै चल्ने भइसकेका थिए । 

जोडबलले सवारीसाधनमा स्थान पाएर उनी पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपा पुछारसम्म आइपुगे  । हेंवा खोलामा सडक अवरुद्ध भएकाले करिब दुई किलोमिटर पैदलयात्रा गरी फिदिम नगरपालिका–४ थापाटारबाट सवारीसाधन हुँदै उनी फिदिम आइपुगे। गत वर्षको असोजमा उनकी श्रीमती बिरामी परेपछि उपचारका लागि अस्पताल जानुपर्नेभयो । बिरामी श्रीमती लिएर फिदिम आउँदा हेंवा खोलामा अघिल्लो वर्षायामको जस्तै सास्ती आचार्यले खेप्नुपर्यो । यस वर्ष हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि वर्षायाममा यात्रा नगर्ने अठोटमा आवश्यक सामग्री जोहो गरेर बस्ने सोचाइमा आचार्य हुन् । तर जेठ दोस्रो साता उहाँलाई करेन्ट लाग्यो । नियमित फलोअपमा अस्पताल धाउनुपर्ने बाध्यता उनको छ । 

“यसवर्ष आफैँ बिरामी भएकाले फलोअपका लागि अस्पताल जाँदै छु”, आइतबार फिदिम आउँदै गरेका आचार्यले भने, “तर यसवर्ष पनि उस्तै सास्ती खेप्नुपर्यो ।”आचार्य हेंवा खोलामा लगातार तीन वर्षायाममा आइपरेको समस्याको प्रत्यक्ष साक्षी हुनुहुन्छ । आचार्यले भनेजस्तै मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा २०८० असार २ गते आएको बाढीले यहाँ रहेको पक्की सडक पुल बगाएको थियो । यहाँ एक सातापछि फड्के निर्माण गरी मानिस र मोटरसाइकलले खोला पार गर्ने प्रबन्ध मिलाइयो । यसको करिब दुई महिनापछि सोही स्थानमा बेलिब्रिज जडान  सम्पन्न भयो । 
    
गतवर्ष असोज १२ गते बेमौसमी वर्षापछि आएको बाढीले १३ महिनाअघि जडित बेलिब्रिज बगायो । बेलिब्रिज बगाएपछि वर्षा क्रमशः रोकिँदै गयो । हेंवा खोलामा डाइभर्सन निर्माण गरी यातायातलाई सुचारु गरियो । निकै ढिलो गरी गत फागुनबाट यहाँ पुनः बेलिब्रिज जडान गर्न थालिएको थियो । सडक डिभिजन कार्यालय इलामले रु तीन करोड ४८ लाखको लागतमा निर्माण गरिरहेको बेलिब्रिज निर्माण सम्पन्न हुन लाग्दा गत जेठ ३१ गते भाँचियो । बेलिब्रिज भाँचिदा निर्माणमा संलग्न रहेका बाराको सिमरा उपमहानगरपालिका घर भएका तीन जना कामदारको ज्यान नै गयो । 
    
यसपछि दुर्घटनाग्रस्त बेलिब्रिज खोल्ने काम सम्पन्न भयो । तर नयाँ निर्माणको टुङ्गो नलाग्दै गएराति आएको बाढीले यहाँ निर्माण गरिएका दुई डाइभर्सनलाई क्षतिग्रस्त बनाएपछि सडक अवरुद्ध छ । यात्रु र स्थानीयवासी सरकारी निकाय गम्भीर नभएकोमा चिन्तित छन् । “बेलिब्रिज निर्माण गर्ने निर्माण कम्पनी, तालुकदार निकाय र आसपासका स्थानीय तह यसमा जिम्मेवार हुनुपर्छ”, उपचारका लागि फिदिम आउँदै गर्नुभएका यात्रु आचार्यले भने, “यो सास्तीको उपाय चाहीँ खोज्नुपर्छ । कडाइका साथ नियमन गरेको भए हुन्थ्यो । छोटो बाटो विकल्पका रुपमा खोज्न किन सकिएन होला ?”
    
आचार्यकै छिमेकी राजेशकिरण भट्टराई आफ्नी दुई महिने सुत्केरी श्रीमतीलाई रोगको सङ्क्रमण देखिएपछि उपचारका लागि दुई वर्षअघि यसै याममा ल्याउनु परेको सम्झनुहुन्छ । “त्यो बेला साह्रै सास्ती भोग्नुपरेको थियो”, उनले भने, “यस वर्ष पनि उस्तै अवस्था रहेछ । यसवर्ष दुई वर्षको छोरोलाई कानमा समस्या देखिएपछि उपचारका लागि ल्याउँदै छु ।”सवारीसाधन छोडेर भारी र बालबच्चासहित भीरको बाटो हिँड्नुपर्ने बाध्यता यात्रुको छ । “यस्तो हैरानी सधैंँ दोहोरिरहेको किन होला? भनेर हामीले बुझ्न सकेनौँ”, उनले भने । यात्रुका सामग्री स्थानीयवासी युवाहरुले केही शुल्क लिएर वारपार गराउँदै आएका छन् । 

Hardik health

अशक्त यात्रुले पनि भरियाकै सहारा लिनुपर्ने अवस्था छ । तर भनेको बेला भारी बोक्ने मानिस पाउन पनि कठीन छ । यस राजमार्गमा दैनिक हजारौँ यात्रु यात्रा गर्ने गर्दछन् । तीन वर्षदेखि हेंवा खोलामा सडक सहज नहुँदा यात्रुहरुले धेरै समस्या खेप्नुपरेको हेंवाखोलाकी व्यवसायी धनमता गुरुङको भनाइ छ । “पुल नहुँदा यात्रुहरुले धेरै दुःख पाइरहेका छन् । सरकारले गम्भीर भएर काम नगरेको हो कि जस्तो लाग्छ हामीलाई”, उनले भने । 
    
सडक डिभिजन कार्यालय इलामका इञ्जीनीयर सीताराम गौतमका अनुसार भत्किएको स्थानमा पुनः बेलिब्रिज जडान सुरु गर्ने तयारी भइरहेको छ । भाँचिएर झर्दा बिग्रिएका बेलिब्रिजका पार्टपूर्जा भारतबाट मगाइएको थियो । तर एक सातादेखि ती पार्टपूर्जा भन्सारमा आएर थन्किएका छन् । 

“भन्सारमा थन्किएका पार्टपूर्जा आउनासाथ जडानको काम सुरु गर्छौंँ”, उनले भने, “यहाँको समस्याको सहज समाधान भनेकै बेलिब्रिज जडान गर्नु हो ।”समग्र निर्माणको ८० प्रतिशतभन्दा बढी काम भइसकेको ७० मिटर लामो बेलिब्रिज गत जेठ ३१ गते निर्माणकै क्रममा भाँचिएपछि यहाँ पुल निर्माण अझै अन्योलमा छ । बेलिब्रिज भाँचिएका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागका उपमहानिर्देशक ललिजन खनालको नेतृत्वमा समिति नै गठन गरी छानबिन गरेको थियो । 

सो समितिले प्राविधिक त्रुटीले बेलिब्रिज भाँचिएको र सोही स्थानमा बेलिब्रिज जडान गर्नु समस्या समाधानको उपयुक्त विकल्प हुने निष्कर्ष निकालेको थियो । तर भाँचिएको बेलिब्रिज खुस्काउने काम सकिएको दुई सातासम्म पनि नयाँ जडानको काम अघि बढ्न नसक्दा यात्रुहरु समस्यामा छन् ।
    
यही पुलले ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकालाई सडक सञ्जालमा जोडेको छ । निरन्तर वर्षा भइरहे डाइभर्सनबाट सवारीसाधन सञ्चालन गर्न सम्भव हुने छैन । यसको असर प्रभावित क्षेत्रका बिरामी, विद्यार्थी तथा उत्पादित कृषि उपजमाथि पर्नेछ । 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP