Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड
परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक ‘इङ्गेजमेन्ट’मार्फत सम्बन्ध विस्तारमा जोड
एकराज पाठक\रासस
एकराज पाठक\रासस बिहीबार, साउन १, २०८२

गत असोजमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन अमेरिका रहेका बेला जी ७७, जी २०, एलडिसी तथा असंलग्न शिखर सम्मेलन (नाम) राष्ट्रका मन्त्रीस्तरीय बैठकहरुलाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दलमा सहभागी उहाँले विभिन्न देशका विदेशमन्त्रीसँग ‘साइडलाइन’ भेटवार्ताका साथै विभिन्न मञ्चमा सम्बोधन पनि गर्नुभएको थियो । यी सम्बोधन एवम् भेटवार्तामा उहाँका एजेण्डा थिए । नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको अकल्पनीय क्षति र पाउनुपर्ने न्याय, सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति भएपछि नेपाललाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, हमास अतिवादी समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइ र नेपाले संयुक्त राष्ट्रसङ्घमा दिएको उम्मेदवारीमा सहयोगका लागि विश्व समुदायलाई अपिल आदि । 

त्यस क्रममा ‘साइडलाइन’मा उहाँले कैयौँ देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभयो । भेटमा उहाँले नेपालका राष्ट्रिय एजेण्डा एवम् आवश्यकतालाई अघि सार्दै नेपालप्रतिको सहयोग र सद्भावका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसअघि उहाँ क्यानाडामा आयोजित विश्वका महिला विदेशमन्त्रीको सम्मेलनमा सहभागी भएर न्युयोर्क पुग्नुभएको थियो । सो सम्मेलनमा आमन्त्रित मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै विश्वका १० देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो । यी ‘साइडलाइन’ भेटमा पनि उहाँले नेपालको राष्ट्रिय हित र चासोका मुद्दा नै राख्नुभएको थियो ।

मन्त्री डा राणाले गत फेब्रुअरीमा जेनेभामा राष्ट्रसङ्घीय मानवअधिकार आयोगको ५९औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुभयो । त्यसक्रममा उहाँले स्वीट्जरल्याण्ड, नर्वे, फिलिपिन्स, मेक्सिको लगायतका देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा उहाँले राष्ट्रसङ्घमा नेपालको उम्मेदवारीका लागि सहयोग माग्नेदेखि नेपालले आयोजना गरेको सगरमाथा संवादमा आमन्त्रण गर्नुभएको थियो । 

नेपालले संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवम् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएको छ । नेपालको यो उम्मेदवारीमा सहयोगका लागि मन्त्री डा राणाले आफू विदेश भ्रमणमा गएका बखत होस् या नेपालमै आएका विदेशी नेतासँगको भेटकाक्रममा होस् सबैसँग नेपाललाई भोट दिएर सहयोग गर्न अपिल गरिरहनुभएको छ । साथै, नेपाल अर्काे वर्षदेखि एलडिसीबाट स्तरोन्नति हुन लागेकाले त्यसपछिको सहयोगका लागि पनि युरोपेली युनियनका देशहरुलाई सहयोगको आग्रह गर्नुभएको थियो ।  

Hardik health

डा राणा परराष्ट्रमन्त्रीमा नियुक्त भएको करिब महिना दिनमै भारतीय विदेशमन्त्री डा एश जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणमा जानुभयो । उहाँले समकक्षीका अतिरिक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गत भदौ ३ गते भेट गर्नुभयो । त्यस  बखत उहाँलाई भारत सरकारले दिएको उच्च प्राथमिकताको चर्चा पनि भएको थियो । प्रधानमन्त्री मोदीसँगको भेटमा आफू र भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताका बारेमा छलफल गरेको र यो उच्चस्तरीय भेटवार्ताले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको मन्त्री डा राणाले मात्र नभएर प्रधानमन्त्री मोदीले पनि बताउनुभएको थियो । 

त्यसै भ्रमणका क्रममा नयाँदिल्लीमा परराष्ट्रमन्त्री डा राणासँग द्विपक्षीय वार्तालगत्तै मन्त्री जयशङ्करले भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय भएको घोषणा गर्नुभएको थियो । भारतीय प्राधिकरणले ती परियोजनाबाट थप २५१ मेगावाट विद्युत् निर्यातको स्वीकृति दिएको थियो । उक्त निर्णयसँगै भारतले दिएको कुल स्वीकृत परिमाण ९४१ मेगावाट पुगेको हो । नेपालको ऊर्जा कूटनीतिको एक महत्वपूर्ण कडीका रूपमा लिइने यस सहमतिबाट भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् आयातका लागि गरेको सहमतिको सुरुआत पनि यसैसाथ भएको थियो । 

मन्त्री डा राणाले जापान, जर्मनी, न्युजिल्याण्ड, स्वीट्जरल्याण्ड, नर्वे, क्यानाडा, इन्डोनेशिया, ओमन, कतार, इजरायल, फिलिपिन्स, इरान, मेक्सिकोलगायत अन्य देशका समकक्षी, मन्त्री तथा नेताहरुसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागितासहित जी ७७, जी २०, एलडिसी तथा असंलग्न शिखर सम्मेलन (नाम) राष्ट्रहरुलाई सम्बोधन, दोहामा एसिडीको तेस्रो सम्मेलन, बैंककमा बिमसटेकको छैठौँ शिखर सम्मेलन, क्यानाडामा विश्वका महिला विदेशमन्त्रीको सम्मेलन, बैंककमा युएनस्केपको ८१औँ सत्रको अध्यक्षता र सम्बोधन, जेनेभामा राष्ट्रसङ्घीय मानवअधिकार आयोगको ५९औँ उच्चस्तीय सत्रलाई सम्बोधन, नयाँदिल्लीमा राइसिना डायलगमा सहभागी र सम्बोधन एवम् हालै मात्र इटालीको रोममा एफएओको ४४औँ अधिवेशन एवम् मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गरी मन्त्री डा राणाले परराष्ट्रमन्त्रीले गर्नुपर्ने कूटनीतिक ‘इङ्गेजमेन्ट’लाई राम्रैसँग प्रदर्शन गर्नुभएको छ ।

यी महत्वपूर्ण बैठक या भेटवार्ताहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तरराष्ट्रिय समुदायसमक्ष राख्ने काम मन्त्री डा राणाले गर्नुभएको छ । साथै यी फोरमहरुमा उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेका समस्या विश्व समुदायलाई सुनाउने, नेपाल एलडिसीबाट स्तरोन्नति भएपछिको आवश्यक सहयोगका लागि अपिल गर्ने, नेपालले राष्ट्रसङ्मा दिएका उजुरीका लागि सहयोग गर्न अपिल गर्ने, हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि अपिल गर्ने तथा नेपाललाई आवश्यक सहयोगका लागि आग्रह गर्ने उहाँले गर्नुभएको छ ।  

लामो समयसम्म परराष्ट्र मन्त्रालयमा सङ्गठनात्मक व्यवस्थापन सर्वेक्षण ( ओएनएम) हुन नसक्दा कर्मचारी अभावमा विदेशस्थित नेपाली मिसनमा कामको चाप धान्न नसक्ने अवस्था रहेको गुनासो थियो । लाखौँ नेपाली रहेका कतिपय खाडी देशका नेपाली मिसनमा पनि थोरै कर्मचारी रहेकाले राहदानी, कन्सुलरलगायतका सेवा प्राप्त गर्न कठिन भइरहेको अवस्था अहिले पनि छ । श्रम नभएर अन्य गन्तव्यमा पनि नेपाली डायस्पोराले आवश्यक सेवा प्राप्त गर्न सकेको अवस्था थिएन । जस्तो कि अमेरिकाको टेक्सास, क्यालिफोर्नियामा रहेका लाखौँ नेपाली सामान्य कन्सुलर सेवाका लागि समेत न्युयोर्क, वासिङ्टन नै पुग्नुपर्ने बाध्यता रहेकामा अब भने सरकारले डालास र सान्फ्रान्सिस्कोमा महावाणिज्यदूतावास स्थापना गरिसकेको छ । त्यसैगरी अन्य मिसनमा पनि आवश्यकताका आधारमा कर्मचारीको व्यवस्था गरिएकाले ती स्थानका नेपाली डायस्पोरालाई सेवा प्राप्त गर्न सहज हुनेछ । 

त्यसैगरी आर्थिक कूटनीतिका माध्यमबाट नेपालमा लगानी भित्र्याउन र नेपाली उत्पादनको निर्यात बजारलाई थप प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालयमा आर्थिक कूटनीति महाशाखा स्थापना भएको छ । यसमार्फत सम्बद्ध अर्थ, उद्योग, ऊर्जा, श्रमलगायतका मन्त्रालयसँगको समन्वयमा मुलुकमा आर्थिक कूटनीतिको प्रवद्र्धनका लागि सो महाशाखाले परामर्श पनि अघि बढाएको छ । देशमा प्रत्यक्ष वैदेशिक लगानी सोचे जति भित्र्याउन नसकिरहेको र निर्यात बढाएर आयात प्रतिस्थापन पनि हुन नसकेको अवस्थामा आर्थिक कूटनीतिले  सघाउन सक्ने अपेक्षा गरिएको छ ।

मन्त्री डा राणाले हेगस्थित अन्तरराष्ट्रिय अदालतमा उपस्थित भएर नेपाल जलवायु परिवर्तनका कारण धेरै पीडित भएको प्रमाण पेश गर्दै न्याय माग गर्नुभएको थियो । नेपालले सो अदालतमा पुगेर यसरी आफ्नो अवस्था र व्यवस्था दर्साएर न्याय माग गरेको यो पहिलोपटक हो । त्यसपछि नेपालले गत जेठको पहिलो हप्ता सगरमाथा संवादको आयोजना पनि ग¥यो । नेपालले पहिलोपटक आयोजना गरेको यो अन्तरराष्ट्रियस्तरको कार्यक्रममा नेपालले राखेको जलवायु परिवर्तनको एजेण्डामा सो संवादमा सहभागी विश्वका नेताहरुले सहमति जनाउनुका साथै आगामी दिनमा नेपालको जलवायु न्यायको अभियानलाई साथ र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।  

प्रायःसबै देशमा परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय एजेण्डासहितका अन्तरराष्ट्रिय भ्रमणमा गर्ने गरिन्छ । यसलाई नै परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता भन्ने गरिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दामा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु नै परराष्ट्रमन्त्रीको क्षमता हो । यो कसीबाट परराष्ट्रमन्त्री डा राणाको एक वर्षको मूल्याङ्कन सफल मान्नुपर्छ । नेपालको परराष्ट्रमन्त्रीका हैसियतले गत भदौ पहिलो साता छिमेकी मुलुक भारतबाट विदेश भ्रमण सुरु गर्नुभएको उहाँले त्यसयता विश्वका अन्य देशसम्म पुगेर आफ्नो कूटनीतिक क्षमता र योग्यताको राम्रोसँग प्रदर्शन गर्नुभएको छ । उहाँले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा उपस्थितिमार्फत् नेपालको कूटनीतिक दायरा विस्तार गर्नुका साथै राष्ट्रिय हित र हाम्रा चासोका मुद्दालाई प्रमुखताका साथ उठाउँदै आउनुभएको छ ।

नेपालको भूराजनीतिक अवस्थिति बमोजिम उहाँले छिमेक सम्बन्ध र कूटनीतिक सन्तुलनलाई पनि राम्रैसँग ख्याल गर्नुभएको छ । भारतका विदेशमन्त्री जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीसँग उहाँले तीन पटकसम्म द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । चीनसँग लामो समयदेखि थाँती रहेको बिआरआई सम्झौतामा हस्ताक्षर भएको छ भने नेपालबाट विद्युत् आयात गर्ने सम्झौतालाई भारतले उहाँ भारत भ्रमणमा रहेकै बेला थप परियोजनामा स्वीकृति दिएर औपचारिक सुरुआत गराएको छ । साथै, यसै अवधिमा भारत भएर बङ्गलादेशले विद्युत् खरिद गर्ने सम्झौता पनि सम्पन्न भएको छ । 

यसरी छिमेक नीतिदेखि विश्व सम्बन्धसम्म मन्त्री डा राणाले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित एवम् सबल रूपमा नेपालको आवश्यकता र राष्ट्रिय हितमा समयसापेक्ष विस्तार गर्नुभएको छ । उहाँको यो सक्रियता र कूटनीतिक इङ्गेजमेन्टका कारण नेपालको राष्ट्रिय स्वार्थ बमोजिमका एजेण्डाहरुले अन्तरराष्ट्रिय मञ्चमा पनि प्रवेश र प्राथमिकता पाएका छन् ।

(पाठक परराष्ट्रमन्त्री डा आरजु राणा देउवाका प्रेस सल्लाहकार हुन् ) 


प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP