Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • धान रोप्न नपाएपछि किसान चिन्तित
धान रोप्न नपाएपछि किसान चिन्तित
गोपालप्रसाद बराल/रासस
गोपालप्रसाद बराल/रासस आइतबार, असार २२, २०८२


महोत्तरी -  समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

“आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल” (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भने, “इ कोन समय आयल, किछ नई बुझाइय”(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)

धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् ।   “सुनैछी कतेको जग रोपनी भगेल, मुदा अपन त एको गब नई लागल” (सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आपूmले त एक गब पनि रोप्न पाइएको छैन) भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भने, “बारिसको कोनो लक्षणकरम नई दिखाइय” (पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।) 

लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आपूmहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । “अब पानी परिहाले पनि बीउ अपूग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ”, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भने, “यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।”

Hardik health

धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन । “असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छाँैं”, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भने, “खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।” असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उनले बताए । 

पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार २२ सम्म पानी नपर्दा यहाँका किसानले धानको गबो सम्म लगाउन पाएका छैनन् । “पानी पर्न सकेन, धानको गबो लाउन नि पाइएको छैन”, बर्दिबास–९  पशुपतिनगरका महेन्द्र महतोले भने, “यसपाली परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता छ ।” 

महोत्तरीसहित मधेशमा सामान्यतया जेठ २२ (जेठ तेस्रो साता) भित्र ब्याड राखीसक्ने, असार तेस्रो साताभित्र शाही रोप (बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । यसपालि अधिकांशले लाग्दो असारको छिटफुटे वर्षामा बीउ राखेका हुन् । 

महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टरमा धानखेती लगाउने गरिएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरले जनाएको छ । “यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन”, कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने, “यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ ।” मुस्किलले जिल्लामा पूग÷नपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उनले जानकारी दिए। 

“जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलोको पानी लाग्नेगरी सिँञ्चित छ । यसपालि लामो खडेरीले कुलो चल्ने पानीका स्रोतका मूहान सुकेका छन् । राम्ररी पानी नपरेसम्म मूहान नरसाउने हुँदा यस्ता जग्गामा पनि रोपाइँ हुन सकेको छैन”, यादवले भने । तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ । वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको भङ्गाहा–६ का राजकिशोर यादवले बताए ।   

सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताए । “धेरै असर विश्वव्यापी जलवायु परिवर्तनको हो । अनि स्थानीय कारणमा चुरे पहाड र नदीक्षेत्रमा अनियन्त्रित उत्खनन बढ्नु, वन मासिँदै जानुले सन्तुलित वर्षा हुन छाडेको छ”, उनले भने ।


प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP