Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #जेनजी_प्रदर्शन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता
साम्बाको पहिलो नेतृत्वमै महिला फुटबलमा अभूतपूर्व सफलता
राजु सिलवाल
राजु सिलवाल मंगलबार, असार १७, २०८२

काठमाडौं -  नेपाली राष्ट्रिय महिला फुटबल टिमले उज्वेकिस्तानको तासकान्दमा ऐतिहासिक जित हासिल गरेको छ । नेपाली टिमले आफ्नो १००औँ अन्तरराष्ट्रिय फुटबल प्रतिस्पर्धामा लाओसलाई शून्यका विरुद्ध नौ गोलको फराकिलो अन्तरले पराजित गरेर प्रतियोगितामा गर्विलो उपस्थिति जनाएको हो । नेपालले हिजोको खेलमा एकपक्षीय दबाब दिँदै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको विश्व वरियतामा नेपाल एक सयौँ तथा लाओस १०७औँ स्थानमा रहेका छन् ।  ‘एएफसी ओमन्स एसियाकप  क्वालिफायर्स ग्रुप एफ’को पहिलो खेलमै नेपालले हासिल गरेको नतिजाबाट नेपाली महिला टिमले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।  

हिजोको खेलमा नेपाली टिमका लागि अनिता बस्नेतले खेलको १२औँ मिनेटमा सुरु गरेको गोल प्रहारको क्रम खेल समाप्तिको समयमा पनि निरन्तर जारी रहेको थियो । पहिलोपटक कप्तानका रुपमा जिम्मेवारी पाएकी सावित्रा भण्डारी ‘साम्बा’ले त हिजोको खेलमा गोलको वर्षा नै गरिन् । खेल सुरु भएदेखि नै आक्रामक रुपमा प्रस्तुत साम्बाले  पूर्वाद्र्ध अवधिको निर्धारित खेल समाप्त हुनुभन्दा एक मिनेटअघि गोल थपेकी थिइन् । मध्यान्तरपछि खेल सुरु भएको दोस्रो मिनेटमा नै सरु लिम्बूले गोल गरेपछि नेपालले लगातार छ गोल गरेको थियो । यस क्रममा साम्बाले कुल चार गोल गरेकी छिन्भने उनले प्रहार गरेको एक बल लाओसकी खेलाडीको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भएको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङ र अनिता केसीले पनि गोल थपेर नेपाली टिमलाई उत्कृष्ट नतिजा दिलाएका थिए ।

  नयाँ प्रशिक्षकको पहिलो मिसन

 नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेका लागि नेपालको फुटबल क्षेत्र कुनै नौलो होइन । उनले केही समयअघि काठमाडौँमा सम्पन्न नेपाल सुपर लिग फूटबलमा काठमाडौँ रेजर्स टिमको प्रशिक्षक भई काम गरेका थिए । गत जेठ २२ गते मात्र नेपाली महिला टिमको मुख्य प्रशिक्षकको नियुक्तिपत्र बुझेका उनले चीन, अल्जेरिया, सोमालिया र रुवान्डामा प्रशिक्षकका रुपमा कार्य गरिसकेका छन् । बेल्जियमका प्याट्रिकले नेपाललाई पहिलो खेलमा नै धेरै गोलको अन्तरले जित दिलाएका छन् । उनले नेपाली टिमको कप्तानको परिवर्तन गरेर चुनौती लिएका थिए जुन उपलब्धिमूलक बन्न पुगेको छ ।

Hardik health

    पहिलो पटक कप्तान बन्दा  
नेपालदेखि युरोपसम्म परिचय बनाउन सफल खेलाडी साम्बाले विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आए तापनि नेपाली राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पहिलोपटक पाएकी हुन् । नेपालमा नयाँ मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी पाएका प्याट्रिक डे वाइल्डले नेपाल टिममा विगतदेखि नै कप्तानको भूमिका सम्हाल्दै आएकी अन्जिला तुम्बापो सुब्बालाई हिजोको खेलमा जगेडामा राखेपछि साम्बालाई टिमको नेतृत्व गर्ने अवसर प्राप्त भएको हो । हिजोको खेलमा मुख्य प्रशिक्षकले पहिले रेणुका नगरकोटेलाई कप्तानको जिम्मेवारी दिए तापनि पछि उनले निर्णय परिवर्तन गरी साम्बालाई आर्म ब्यान्ड प्रदान गरेर मैदानमा प्रवेश गराएका थिए । नेपालले सन् १९८६ मा पहिलोपटक हङकङसँग अन्तरराष्ट्रिय प्रतिस्पर्धा गर्दा नेपाली टिमको कप्तान रमा सिंह रहेकी थिइन् भने साम्बा ११औँ कप्तान बनेकी हुन् । साम्बाले यसअघिका विभिन्न खेलमा जस्तै हिजोको खेलमा पनि व्यक्तिगत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्नाका साथै टिममा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । साथै उनले खेल अवधिभित्र विपक्षी टिमसँग सम्बन्ध सुमधुर राख्न पहल जारी राखेकी थिइन् । प्रतिद्वन्द्वी टिमका खेलाडी मैदानमा लड्नासाथ उठाउन अग्रसर भइहाल्ने उनको स्वभावले खेलमा ‘फेयर प्ले’को स्थिति बनाउन मद्दत गर्ने गरेको छ । विगतमा पनि खेलका बेला कुनै असमान्य स्थिति उत्पन्न हुनासाथ साम्बाले लिएको अग्रसरताले वातावरण सुमधुर बनेका कैयौँ उदाहरण छन् । 

    मोजाको बलदेखिको यात्रा
    नेपाली महिला राष्ट्रिय फुटबल टिमको नेतृत्व पहिलोपटक  सम्हालेकै दिन नेपाली टिमकी आक्रामक ‘स्ट्राइकर’ सावित्रा भण्डारीले लाओसविरुद्ध पाँच गोल प्रहार गरेर आफ्नो उत्कृष्ट खेल क्षमता प्रदर्शन गरेकी छन् । लमजुङमा आर्थिक रुपले कमजोर छजना छोराछोरी भएको परिवारमा जन्मेकी सावित्राको बाल्यकाल दाजुहरुसँग मोजाको बल खेलेर बितेको थियो । गाउँमा भलिबल तथा एथ्लेटिक्स खेले पनि घनपोखरा युवा क्लबले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको महिला फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेपछि रेफ्री शुक्र लामाले उनलाई सशस्त्र प्रहरी बलमा प्रवेश गराई दिएका थिए । त्यसपछि उनको खेलजीवन निरन्तर फस्टाउँदै गएको थियो । दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरको परिचय बनाउन सफल साम्बा हाल फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब ‘एनाभान गेङगाङप’मा आबद्ध रहेकी छिन् । उनको उच्चकोटीको खेलको प्रशंसा गर्दै गृह जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित खुदीबजारमा साम्बा स्तम्भ पनि बनाइएको छ ।

    अपार समर्थन
विश्व नै आज एउटा गाउँका रुपमा परिणत भइरहेको सन्दर्भमा नेपाली नागरिक पनि विभिन्न मुलुकमा रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा पुगेका छन् । त्यसको प्रत्यक्ष लाभ नेपाली खेलाडीहरुले पाएका छन् । विदेशी भूमिमा प्रतिस्पर्धा गरिरहँदा पनि त्यहाँ रहेका नेपालीको अपार समर्थनले नेपाली खेलाडीको मनोबल उँचो बनाउन सहयोग गर्दै आइरहेको छ । पछिल्लो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको स्कटल्यान्ड भ्रमणका बेला हरेक दिनको खेलमा नेपाली दर्शकहरु बाजागाजासहित उपस्थित भएर खेलाडीहरुको उत्साह बढाएका थिए । विदेशमा विभिन्न समयमा भएका फुटबललगायतका खेल प्रतियोगितामा पनि त्यहाँ रहेका नेपालीको उपस्थिति उल्लेखनीय रुपमा हुँदै आइरहेको छ ।  तासकान्दको बुनयोदकर रङ्गशालामा नेपाल तथा लाओसका राष्ट्रिय महिला फुटबल टिमबीच म्याच भइरहँदा रङ्गशालाका अधिकांश सिटहरु खाली देखिन्थे । त्यस्तो अवस्थामा पनि त्यहाँ नेपाली दर्शकहरु भने राष्ट्रिय झन्डासहित उपस्थित थिए । उनीहरुको सङ्ख्या न्यून भए तापनि उनीहरुले खेल सुरु भएदेखि अन्तिमसम्म खेलाडीको हौसला बढाइरहेका थिए । त्यसले पनि नेपाली टिमलाई खेल जित्न सघाउ गरेको थियो ।

    प्रत्यक्ष प्रसारण जरुरी
नेपालबाट क्रिकेट, फुटबललगायतका खेलहरुमा भाग लिन विदेशमा टिम जाने बित्तिक्कै नेपालमा भएका खेलकुदप्रेमीहरु खेल हेर्न कसरी पाइएला भनी जिज्ञासु हुने गरेका छन् ।

एएफसी ओमन्स एसियाकपको छनोट चरणमा नेपालको सहभागिताका लागि तयारी भइरहँदा नै अब खेल कसरी हेर्न पाइएला भनेर दर्शकमाझ अन्योल सुरु भइसकेको थियो । कुन टेलिभिजन च्यानलले लाइभ देखाउला भन्दै कौतुहलता देखाउनेहरु थुप्रै थिए । तर, आइतबार ढिलै भए पनि यो अन्योल कम हुँदै गएको थियो । नेपाल र लाओसबीचको फुटबल खेल प्रत्यक्ष रुपबाट हेर्न  तासकान्दको बुनयोदकर रङ्गशालामा फुटबल हेर्न दर्शकहरु न्यून सङ्ख्यामा उपस्थित भए तापनि सामाजिक सञ्जाल युट्युबको माध्यमबाट भने एक लाखभन्दा बढी दर्शकले खेल हेरेका थिए । उज्वेकिस्तान फुटबल एसोसिएसनको युट््युब च्यानलले उक्त रोमाञ्चकारी खेलको प्रत्यक्ष प्रसारण गरेको थियो । तर, प्रसारणको गुणस्तर भने न्यून स्तरको थियो । प्रत्यक्ष प्रसारण भइरहँदा खेलका ताजा विवरणबारे जानकारी गराइने कुनै कमेन्टरी गरिएको थिएन । खेल सञ्चालन भएको कति बेर भयो तथा गोलको पछिल्लो स्थिति अवगत गराउन कुनै ‘क्याप्सन’ नहालिएकाले फुटबल हेरिरहेकाहरुले प्रतिक्रियामार्फत आफ्नो अन्योलता प्रकट गरिरहेका थिए । अझ दुःखद पक्ष त खेल समाप्त हुनासाथ प्रत्यक्ष प्रसारणको क्रम समाप्त गरेर नेपाली खेलाडीहरुले आफ्नो १००औँ अन्तरराष्ट्रिय प्रतिस्पर्धाको प्रतीकका रुपमा १०० नम्बरको जर्सी प्रदर्शन गरेर मनाएको खुसियाली समेत नदेखाइएकामा नेपाली दर्शकहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

नेपाली खेलप्रेमीहरुले अत्यन्त चासोका साथ हेर्ने यस प्रकारको महत्वपूर्ण खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घलगायतका सम्बन्धित निकायले विशेष प्राथमिकता दिनुपर्दछ । बेलाबखत विभिन्न अन्तरराष्ट्रिय टेलिभिजनहरुमार्फत नेपाली दर्शकहरुले यस्ता प्रतियोगिता हेर्ने गरेका छन्भने कुनै प्रतियोगितामा नेपालका टेलिभिजनहरुले पनि प्रत्यक्ष प्रसारण गर्ने गरेका छन् । तर, स्वदेश तथा विदेशमा रहेका नेपालीले समेत हेर्न खोज्ने राष्ट्रिय महत्वका खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि सरकारले नै विशेष चासो लिनुपर्दछ । नेपाल सरकार मातहतको नेपाल टेलिभिजनअन्तर्गत हाल पाँचवटा च्यानल सञ्चालन भइरहे जस्तै खेलकुद च्यानल खोल्न सरकारले प्राथमिकता दिनुपर्दछ । 

यस्तै, सरकारी तथा निजी च्यानलहरुमार्फत मुलुकभित्र तथा विभिन्न देशमा हुने गरेका खेलकुद प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारण गराउन सरकारले नीतिगत व्यवस्था नै गर्नुपर्छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा यस्तो कार्य सहजै हुन सक्दछ । नेपाल टेलिभिजनले छिट्टै प्रसारण सुरु गर्न लागेको एनटिभी वल्र्ड नामक नयाँ च्यानलबाट पनि विदेशमा बेलाबखत हुने गरेका खेलकुदसम्बन्धी प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन सके खेलप्रेमी दर्शकहरु लाभान्वित हुने थिए । 

भारतमा राष्ट्रिय महत्वका खेलकुद कार्यक्रम हुँदा प्रत्यक्ष प्रसारणको सिग्नल सरकारी टेलिभिजन दूरदर्शनलाई अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था गरिएको छ । भारतमा दूरदर्शन टेलिभिजन तथा अल इन्डिया रेडियो सञ्चालन गरिरहेको प्रसारणसम्बन्धी उच्च निकाय प्रसार भारतीसँग  राष्ट्रिय महत्वका खेलकुद कार्यक्रमको अनिवार्य रुपमा साझेदारी गर्न कानुनी रुपमै व्यवस्था रहेको छ ।

नेपालले अब दोस्रो खेल श्रीलङ्कासँग खेल्ने कार्यक्रम रहेको छ । तर, श्रीलङ्का भने फिफा वरियतामा नेपालभन्दा ४९ अङ्कले पछाडि अर्थात् १४९औँ स्थानमा रहेकाले नेपालका लागि उक्त खेल पनि सहज हुने अपेक्षा गर्न सकिन्छ । तर, नेपालले तासकान्दमा अन्तिम खेलमा आयोजक मुलुक उज्वेकिस्तानसँग भिडन्त गर्नुपर्ने छ, जुन नेपालका लागि चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ । फिफा वरियता क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई प्राप्त हुने घरेलु दर्शकको अपार समर्थनलाई पनि नेपाली टिमले सहजतापूर्वक सामना गर्नुपर्नेछ । एफ समूह विजेता मुलुकको टिम मात्र अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुनेछ ।


प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै
सेनाको विशेष विमानबाट बंगलादेशी फुटबल टिम फर्किँदै बिहीबार, भदौ २६, २०८२
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित
एभरेष्ट महिला भलिबल लिगः ललितपुर र कर्णालीको तेस्रो जित मंगलबार, भदौ २४, २०८२
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने
विश्व च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने सोमबार, भदौ २३, २०८२
जावेदलाई काँस्य पदक
जावेदलाई काँस्य पदक आइतबार, भदौ २२, २०८२
ताजकिस्तानसँग नेपाल पराजित
ताजकिस्तानसँग नेपाल पराजित बिहीबार, भदौ १९, २०८२
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै
एएफसी यु–२३ एसियन कप नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै बुधबार, भदौ १८, २०८२
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल हुने सोमबार, भदौ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP